नेपाली जनसम्पर्क समिति लङ्आइल्याण्ड च्याप्टरले आउँदो आइतवार बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । यही फेबु्रअरी ९ तारिखका दिन न्यूयोर्क हिक्सभिलस्थित व्रोड वे महलमा रक्तदान कार्यक्रम आयोजना गरिएको च्याप्टर सभापति विश्व बास्तोलाले जानकारी दिए ।
रक्तदान कार्यक्रममा लङ्गआइल्याण्डको सफक र नसाउ कान्टिका साथै न्यूजर्सी, न्यूयोर्क क्षेत्रका बिभिन्न संघ सस्थाका पदाधिकारी, जनसम्पर्क समितिसंग आवद्ध नेता, कार्यकर्ता लगायत सबैमा सहभागि हुन आयोजकले आग्रह गरेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।