घरको झगडा घरमै मिलाउन नसक्दा छिमेकीले हेप्छन् : संयोजक भट्टराई


प्रकाशित मिति : चैत्र ७, २०७३ सोमबार

नयाँ दिल्ली –नयाँ शक्ति पार्टी नेपालका  संयोजक डा. बाबुराम भट्टराईले बयलगाडा र ठेलागाडाको गतिमा हिंडेर विकास र समृद्धि हासिल नहुने बताउनु भएकाे छ ।  नयाँ शक्ति पार्टी निकट अन्तर्राष्ट्रिय नेपाली समाज (अनेस) भारतले सोमबार नयाँ दिल्लीमा  अायाेजना गरेकाे राजनीतिक ध्रुवीकरण तथा अन्तरक्रिया कार्यक्रमलाई  सम्बोधन गर्दै   उहाँले समृद्धि हासिल गर्नका लागि अब फास्ट ट्रयाकबाट तीव्र गतिमा अगाडि बढ्नुपर्ने बताउनु भएकाे हाे ।

‘मानिसहरुलाई सधैं हिंडिरहेकै बाटो हिंड्न सहज हुन्छ, मानिसहरुलाई नयाँ बाटोमा हिंड्दा सुरुसुरुमा हिचकिचाहट हुन्छ र मानिसको स्वभाव जुन बाटोमा हिंड्यो त्यही बाटोमा हिंड्ने हुन्छ’ उहाँले भन्नुभयो – ‘तर, अब त्यो पुरानो बाटो हिंडेर हामी कहिं पनि पुग्न सक्दैनौं । बयलगाडा र ठेगालाडाको गतिमा हिंडेर विकास र समृद्धि हासिल हुन सक्दैन ।’

पुराना राजनीतिक पार्टीहरुलाई बाला काटिसकेको धानको बोटको संज्ञा दिंदै उहाँले भन्नुभयो – ‘धानकाटिसकेपछि त्यसमा फेरि बाला लाग्दैन । यसर्थ, पुरानै पार्टीहरुबाट विकास र समृद्धिको अपेक्षा गर्न सकिंदैन भनेर नयाँ विकल्पको रुपमा नयाँ शक्ति पार्टी स्थापना भएको हो ।’

विद्यार्थी जीवनमा नयाँ दिल्लीमा बसेर आफ्नो ऊर्जाशील समय व्यतीत गरेको सम्झँदै संयोजक भट्टराईले तत्कालीन राजा विरेन्द्र महात्मा गान्धीको समाधीमा भारत आउँदै गर्दा आफूहरुले तानाशाह शासकको विरोधमा कालोझण्डा देखाएर जीवनको पहिलो राजनीतिक विरोध प्रदर्शन गरेको र त्यही चेतनाबाट अघि बढेर नेपालबाट राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजनीतिक लडाईं सकिएकोले अबको लडाईं आर्थिक विकास र समृद्धिका लागि हुनुपर्ने तर्क गर्दै उहाँले भन्नुभयो – ‘हामीले राजतन्त्रका विरुद्ध, सामन्तवादका विरुद्ध लड्न बाँकी छैन । तर, लडाई अझै जारी छ । अबको लडाईं बेरोजगारीका विरुद्ध, असंगतिका विरुद्ध, गरिबीका विरुद्ध हुनेछ । अबको लडाईं विकास र समृद्धिका लागि हुुनुपर्छ ।’

नेपालको राजनीतिक इतिहासमा आफूहरुले विगतमा संचालन गरेको जनयुद्धले गणतन्त्रसम्मको राजनीतिक उपलब्धि हासिल गर्न निकै ठूलो योगदान गरेकोले त्यो इतिहास बिर्सन नहुने बताउँदै उहाँले भन्नुभयो – ‘इतिहास बाँगोटिंगो बाटो हुँदै अगाडि बढ्ने गर्छ । नेपाली कांग्रेसले राणाशाही विरुद्ध हतियार उठाएको थियो, पञ्चायतको विरुद्ध तत्कालीन मालेले हतियार उठाएको हो, त्यसैगरी निरंशुकताको विरुद्ध माओवादीले ५२ सालमा हतियार उठाएको थियो र त्यसैको बलमा यो उपलब्धि हासिल भएको हो ।’  राजनीतिक संघर्षको अध्याय समाप्त भइसकेको भन्दै डा. भट्टराईले अबको संघर्ष र लडाईं विकास र समृद्धिमै केन्द्रीत हुने बताउनुभयो ।

‘अब त्यो अध्याय सकिइसक्यो, अब कुनै हतियार उठाउने मनशाय पनि छैन र अब त्यसको आवश्यकता पनि छैन ।’ उहाँले भन्नुभयो –‘हरेक कुरा आवश्यकता अनुसार निर्धारण हुन्छ । जाडोमा सुइटर लगायने हो गर्मीमा फुकाल्ने हो । निरंकुशताको विरुद्ध लड्न आवेगात्मक रुपले जानै पर्दथ्यो र हामी त्यही अनुरुप अघि बढ्यौं तर, अहिले त्यो अवस्था र आवश्यकता दुवै होइन ।’

उहाँले नेपालको स्वाधिनताको रक्षा गर्न र विकास र समृद्धि हासिल गर्नका लागि हामीले दुई छिमेकी देश चीन र भारतसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्ने बताउँदै नेपाल दुई देशबीच गतिशील पुल बनेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले नेपालको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्तो पछिल्ला राजनीतिक उपलब्धिहरु भारतकेन्द्रीत भएको आरोपको कडा रुपमा प्रतिवाद गर्दै प्रश्न गर्नुभयो – ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता सबै भारतले ल्याइदिएको हो भने नेपालीले ल्याएको के हो ?’ ‘यी सबै हाम्रा एजेण्डा हुन् । हामीले नै वर्षौंसम्म निरंकुशताका विरुद्ध लडेर हासिल गरेका उपलब्धिहरु हुन्’ उहाँले भन्नुभयो ।

घरभित्रको झगडा घरमै मिलाउन नसक्दा आफ्नै पल्लो घरको छिमेकीले हेप्ने भएकाले जसरी परिवारको झगडा समझदारीपूर्ण तरिकाले समाधान गरिन्छ राज्यभित्रको झगडा पनि त्यसैगरी समाधान गर्ने धारणा राख्नुभयो ।  नयाँ शक्ति जुनसुकै निर्वाचनको लागि तयार रहेको बताउँदै संयोजक भट्टराईले सबैलाई सहभागि गराएर चुनाव गर्नुपर्ने बताउनुभयो ।  नयाँ शक्ति पार्टीले हिमाल, पहाड, तराई र मधेशलाई जोडेर राष्ट्रिय एकता निर्माण गर्ने बताउँदै उहाँले यहि चैत ९ गतेबाट हिमाल, पहाड, तराई, मधेश जोड्ने अभियान संचालन गर्न लागेको बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com