डिभी लोटरीजस्तै मार्च १ बाट भर्नसकिने कामदार भिसाका लागि फरबरी २४ पछि एकाउन्ट


प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

डिभी लोटरीजस्तै मार्च १ बाट भर्नसकिने कामदार भिसाका लागि फरबरी २४ पछि अनलाइन एकाउन्ट खोल्न सकिने युएससीआईएसले जनाएको छ ।आगामी मार्च १ देखि अमेरिकाको कामदार भिसा एचवान बीका लागि डिभी लोटरीजस्तै अनलाइनबाट रजिस्ट्रेशन गर्न सकिनेछ । उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदारका लागि यो बर्षदेखि नयाँ प्रकृयाको थालनी हुन लागेको हो ।

पहिलोपटक अमेरिकी रोजगारदाताले क्षमतावान उच्च शिक्षा प्राप्त कामदारहरुका लागि अनलाइनमार्फत रजिस्ट्रेशन गर्न पाउने भएका छन् । ब्याचलर डिग्री गरेकाहरुका लागि ६५ हजारको कोटा रहेको छ भने अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुका लागि २० हजारको कोटा रहेको छ । तर अमेरिकामा मास्टर्स डिग्री गरेकाहरुले ६५ हजारको कोटामा समेत भाग लिन पाउनेछन् ।

रजिस्ट्रेशन यो लिंकमार्फत गर्न सकिनेछ । तर दर्ता कार्यविधि केहीदिनपछि सार्वजनिक हुनेछ ।

अनलाइनमार्फत रजिस्ट्रेशन मार्च १ न्युयोर्क समय अनुशार दिउसो १२ बजे देखि मार्च २०  न्युयोर्क समय अनुशार दिउसो १२ बजे सम्म चल्ने युएससीआईएसले जनाएको छ । तर यसका लागि १० डलर दर्ता शुल्क तिर्नुपर्नेछ । दर्ता मार्च १ देखि सुरु हुने युएससीआईएसले औपचारिक रुपमा घोषणा गरिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्च २० सम्म आवेदन खुल्ला हुने भएकाले हतार गरेर मार्च १ मा नै भर्न जरुरी नभएको युएससीआईएसले जनाएको छ ।

मार्च २० सम्म दर्ता गराएका रोजगारदाताले मार्च ३१ सम्म छनौट भए नभएकोबारे सुचना प्राप्त गर्नेछन् । छनौट भएकाहरुको सन्दर्भमा त्यसपछि थप प्रकृया अगाडि बढाउनुपर्नेछ ।

अनलाइनबाट दर्ता गराउनका लागि युएससीआईएसले माइ युएससीआईएसमार्फत अनलाइन एकाउन्ट प्रणाली प्रयोग गर्ने जनाइएको छ ।

तोकिएको मितिभित्र प्रयाप्त आवेदन नआएमा मिति थप्न सकिने बताइएको छ । तर यसपटक अनलाइनमार्फत रजिस्ट्रेशन हुने भएकाले विगतको तुलनामा अझ धेरैले रजिस्ट्रेशन गर्ने अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com