लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा डोजर चल्यो


प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार

लुम्बिनी प्रादेशिक अस्पतालले विहिबार अस्पतालसँग सटेर रहेका सटरहरुमा डोजर चलाएको छ । नेपाल प्रहरी तथा शसस्त्र प्रहरीहरुको बाक्लो उपस्थितीमा कडा सुरक्षाका बीच विहान ७ बजेदेखि सटर भत्काउने काम सुरु भएको हो । लामो समयदेखि अस्पतालको सटर भत्काउने बारे अन्यौल रहेको अवस्थामा जिल्ला अदालत रुपन्देहीले आईतबार एक आदेश जारी गर्दै सटर भत्काउनका लागि बाटो खाली गरेको थियो । अदालको आदेशसँगै अस्पताल प्रशासनले व्यवसायीहरुलाई सटर खाली गर्नका लागि दिएको ४८ घण्टाको अल्टिमेटमको समय गएराती मध्य १२ बजे सकिएको थियो ।

यस अघि अस्पतालको सटर भाडामा लिएर व्यवसाय सन्चालन गर्दै आएका व्यवसायीहरुलाई ३ महिना भित्र सटर खाली गर्न सूचना जारी गरिएपछि व्यवसायीहरु त्यस बिरुद्ध जिल्ला अदालत रुपन्देहीमा गएका थिए । व्यवसायीहरुले अस्पताल प्रशासनको विरुद्ध मुद्दा दायर गरेपछि अदालतले गत मंसिर १३ गते विपक्षका नाममा निवेदकहरुलाई करार सम्झौता अनुसार भाडाका पसलबाट नउठाउनु भनि अन्तरकालिन आदेश जारी गरेको थियो । अदालतले आईतबार यस अघि आफैले दिएको अन्तरकालिन आदेशलाई खारेज गरिदिएपछि अस्पताललाई बाटो खुलेको हो ।

केहि सञ्चार माध्यममा सर्वोच्च अदालतले अस्पतालका सटर व्यवसायी र अस्पताल प्रशासन समेतका विपक्षीलाई फागुन १ गते छलफलका लागि बोलाएको समाचारहरु सार्वजनिक भएपनि अस्पताल प्रशासनलाई आधिकारी पत्र भने प्राप्त नभएको अस्पतालले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com