सरकारी सुविधा लिने सम्भावना हुनेलाई ग्रिनकार्डमा कडाई गर्न १२ प्रकारका फर्म अपडेट


प्रकाशित मिति : माघ २२, २०७६ बुधबार

सरकारी सुविधा लिनेलाई ग्रिनकार्डमा कडाई गर्ने नियम कार्यान्वयनका लागि युएससीआईएसले ६ श्रेणीका १२ वटा फर्महरु अपडेट गरेको छ । यी फर्महरु यही फरबरी २४ पछि लागु हुने युएससीआईएसले जनाएको छ ।

फरबरी २४ सम्म फर्मका पुरानै संस्करणहरु प्रयोग गर्न सकिने भएतापनि त्यसपछि भने फर्मका नयाँ संस्करण प्रयोग गर्नुपर्नेछ । अन्यथा आवेदन स्वत अस्वीकृत हुने युएससीआईएसले जनाएको छ ।

गैरआप्रवासीका कामदारका लागि भरिने फर्म आई १२९आई १२९ सीडब्लु फर्म अपडेट गरिएको छ । त्यस्तै ग्रिनकार्डको फर्म आई ४८५, आई ४८५ पुरक एआई ४८५ जे फर्म पनि अपडेट गरिएको छ ।

त्यस्तै गैर आप्रवासी भिसा थप्ने फर्म आई ५३९आई ५३९ ए पनि अपडेट गरिएको छ । वेभर फर्म आई ६०१, स्पोन्सर फर्म आई ८६४ , आई ८६४ एआई ८६४ ईजी पनि अपडेट गरिएको छ । त्यस्तै शुल्क मिनाहाका लागि भरिने फर्म आई ९१२ पनि अपडेट गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै पब्लिक चार्जको सम्भावना हुने भएकाहरुले ग्रिनकार्ड आवेदन दिंदा फर्म आई ९४४ भरेर आत्मनिर्भरताको घोषणा गर्नुपर्नेछ । यदि युएससीआईएसले पब्लिक चार्जको सम्भावना भएकालाई धरौटी राख्न भनेको खण्डमा भने धरौटी फर्म आई ९४५ पनि भर्नुपर्नेछ । पब्लिक चार्ज धरौटी रद्द गराउनका लागि भने फर्म आई ३५६ फर्म भर्नुपर्नेछ ।

शरणार्थीहरु, एसाइलम गरेकाहरु, हिंशाको शिकार भएकाहरुलाई भने पब्लिक चार्जको नियम लागु नहुने जनाइएको छ । अहिलेका लागि इलिनोयबाहेकका सबै ४९ राज्यमा नयाँ नियम लागु भएको छ । इलिनोयमा भने संघीय अदालतले पब्लिक चार्जको नियम कार्यान्वयनमा रोक लगाएको छ । उक्त रोक हटाइएको खण्डमा भने त्यसबारे युएससीआईएसले छुट्टै सुचना जारी गर्नेछ ।

युएससीआईएसले पब्लिक चार्जको नियम कार्यान्वयनका लागि छुट्टै निर्देशिका पनि जारी गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com