अमेरिकाबाट गल्तीले देशनिकालामा परेका अमेरिकी नागरिक अमेरिका फिर्ता


प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार

अमेरिकाबाट गल्तीले देशनिकालामा परेका एक अमेरिकी नागरिक अमेरिका फिर्ता भएका छन् । सुरुमा अमेरिकामा शरणार्थी बनेर आएका कम्बोडियाका सोक लुएन झण्डै ५ बर्ष अगाडि अमेरिकाबाट देशनिकाला भएका थिए । झण्डै ५ बर्ष कम्बोडियामा बिताएका उनी सान फ्रान्सिस्को आएका छन् ।

उनलाई पुरानो एउटा लागुऔषधको मामलामा सीबीपीले देशनिकालाको प्रकृया सुरु गरेको थियो । तर उनी झण्डै २ दशकदेखि नै अमेरिकी नागरिक रहदै आएका थिए । जुनकुरा देशनिकाला हुने सोक लुएनलाई पनि थाहा थिएन ।

जब उनलाई सीबीपीले देशनिकालाको प्रकृयामा राखेको थियो, तब उनले आफै अमेरिका छाडेका थिए । अमेरिकामा गल्तीले देशनिकालामा राखिएकाहरुमा कम्बोडियाबाट फर्किने उनी तेश्रो व्यक्ति भएका छन् ।

उनलाई सान फ्रान्सिस्कोका विमानस्थलमा स्वागत गर्न परिवारका सदस्यसहित ७५ जना पुगेका थिए । सन् २०१५ मा उनी अमेरिका आउन खोज्दा अमेरिका प्रवेश नदिई हिराशतमा राखिएको थियो । सीबीपीले उनको ग्रिनकार्ड जफत गरेर उनलाई एउटा गाँजा सम्बन्धि अपराधमा देशनिकालाको प्रकृयामा राखेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी अध्यागमन कानुन अनुशार विदेशमा जन्मेका अमेरिकी नागरिकताप्राप्त व्यक्तिका १८ बर्ष मुनीका छोराछोरीहरु स्वत अमेरिकी नागरिक हुने प्रावधान छ । यदि बुबाआमामध्ये एकजनाले अमेरिकी नागरिकता प्राप्त गरेको खण्डमा पनि १८ बर्ष मुनीका उनीहरुका छोराछोरीहरु जहाँ भएपनि अमेरिकी नागरिक हुने प्रावधान छ ।

यही प्रावधान अनुशार उनी अमेरिकी नागरिक बनेका थिए । तर त्यो उनी आफैलाई पनि थाहा थिएन । उनकी आमा सन् १९९६ मा अमेरिकी नागरिक बनेकी थिइन्, जतिबेला उनी १८ बर्ष पुगेका थिएनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com