स्ववियु निर्वाचनमा भाग लिन्छौं : नेविसंघ


प्रकाशित मिति : माघ २०, २०७६ सोमबार

आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी संघ (नेविसंघ) को नयाँ नेतृत्वले स्पष्ट गरेको छ । नेविसंघका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको पहिलो मुद्दा नै स्ववियु निर्वाचन भएकोले विगत १० वर्षदेखि हुन नसकेको निर्वाचनमा सक्रिय भाग लिने बताए ।

“हामी मनोनित हुनासाथ हाम्रो पहिलो कार्यसूची नै स्ववियु निर्वाचन हो’’ उनले भने, ‘‘निर्वाचनमा सक्रिय भाग लिएर सफल बनाउछौँ ।’’ उनले निर्वाचनका सम्बन्धमा त्रिवि पदाधिकारीसँग पनि आफूहरुले छलफल गरिरहेको समेत जानकारी गराए । उनले स्ववियु निर्वाचनको वातावरण बनाउन त्रिविलाई आग्रह गरे । ‘त्रिविमा निर्वाचन गर्ने प्रमुख निर्वाचन अधिकृत भनेको रेक्टर हो’, उनले भने, ‘त्रिविले चाडै रेक्टर नियुक्त गरेर स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्‍यो ।’ त्रिविमा २०६५ सालयता सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । विसं २०७३ मा २५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । अनेरास्ववियुका संयोजक ऐन महरले निर्धारित मितिमा नै स्ववियु निर्वाचन गर्न सबै विद्यार्थी सङ्गठनले प्रतिबद्धता जनाएकोले निर्वाचन हुने बताए । ‘नेविसंघको नयाँ नेतृत्व पनि निर्वाचन गर्नमा सकारात्मक छ’, उनले भने, ‘हामी निर्वाचनका सम्बन्धमा नेविसङ्घसँग छलफल गरिरहेका छौं ।’

त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको छ । त्रिवि सभा सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले चाडै नै त्रिविले निर्वाचनका सम्बन्धमा सबै विद्यार्थीसँग छलफल गरेर कार्यतालिका सार्वजनिक गर्ने बताए । यसअघि त्रिविले फागनु १४ गते निर्वाचन मिति मानी प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । स्ववियु निर्वाचन २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली अनुरूप हुनेछ । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com