अमेरिकी ग्रिनकार्ड लगायतका ५ आवेदनका फर्म फेरिदै


प्रकाशित मिति : माघ १८, २०७६ शनिबार

अमेरिकामा सरकारी सुविधा लिने र लिने सम्भावना हुनेलाई ग्रिनकार्ड र भिसामा कडाई गर्न फरबरी २४ पछि लागु हुनेगरी युएससीआईएसले ५ वटा फर्महरु अपडेट गर्ने भएको छ । अमेरिकी सर्वोच्च अदालतले पब्लिक चार्जको नियम लागु गर्न अमेरिकी सरकारलाई बाटो खोलिदिएपछि त्यसको कार्यान्वयनका लागि फर्महरु अपडेट गर्न लागिएको हो ।

यो नियमले अमेरिकाभित्र ग्रिनकार्ड आवेदन दिन चाहनेहरुलाई र आप्रवासी वा गैरआप्रवासी भिसामा अमेरिका आउन चाहनेहरुलाई प्रभाव पार्ने भएको छ । अमेरिकाभित्र ग्रिनकार्ड आवेदन दिनेलाई सरकारी सुविधा लिएको वा लिने सम्भावना भएको आधारमा ग्रिनकार्ड अस्वीकार गर्न वा धरौटी माग्न सकिनेछ भने अमेरिकाबाहिरबाट आप्रवासी वा गैर आप्रवासी भिसामा आउन चाहनेहरुका लागि भिसा अस्वीकार गर्न सकिने भएको छ ।

युएससीआईएसले आगामी साता सबै अपडेटहरु उपलब्ध गराउने जनाएको छ । फरबरी २४ पछि युएससीआईएसले उपलब्ध गराएका अपडेटेड फर्महरु नभरेको खण्डमा आवेदन स्वत अस्वीकार हुने भएको छ । तर फरबरी २४ सम्मका लागि भने पुरानै फर्महरुलाई मान्यता दिइने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएसले गैरआप्रवासी कामदारका लागि दिइने आई १२९ आवेदन, ग्रिनकार्डका लागि दिइने आई ४८५ आवेदन, गैरआप्रवासी भिसा थप्नका लागि दिइने आई ५३९ आवेदन, स्पोन्सरका लागि दिइने आई ८६४ आवेदन र आई ८६४ ईजी आवेदन अपडेट गर्ने तयारी गरेको छ । अपडेट गरिएका आवेदनहरु युएससीआईएसको वेवसाइटमा उपलब्ध हुने भएकाले लाइब्रेरी वा अन्य स्थानमा पाइने पुराना आवेदनहरु नभर्न सुझाव दिइएको छ ।

यी फर्महरुमा सरकारी सुविधाबारेका थप प्रश्नहरु समावेश गरिने भएको छ । अमेरिका आउनका लागि आप्रवासी वा गैर आप्रवासी भिसाका आवेदन दिनेहरुले पनि अमेरिकामा आइसकेपछि सरकारले प्रदान गर्ने स्वास्थ्य, आवास र खाद्य सुविधा नलिने कुरामा चित्त बुझाउनुपर्नेछ । यसबाट डिभी लोटरीमा अमेरिका आउन चाहनेहरु पनि प्रभावित हुनेछन् ।

विगत ३६ महिनाको अवधिमा १२ भन्दा बढी फुड स्ट्याम्प, आवास सुविधा, नगद सुविधा वा संघीय रुपमा प्रदान गरिएको मेडिकेड सुविधा लिएकाहरु अमेरिकी सरकारको परिभाषामा आत्मनिर्भर नभएकाहरु हुनेछन् भने उनीहरु ग्रिनकार्डका लागि समेत अयोग्य हुनसक्नेछन् । खासगरी कामदार भिसामा अमेरिका आउनेका डिपेन्डेन्ट समेत यसबाट प्रभावित हुनसक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com