परिवारमा आधारित ग्रिनकार्डका लागि आई १३० फाइलमा भोलिदेखि केही परिवर्तन


प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार

परिवारमा आधारित ग्रिनकार्डका लागि फाइल गरिने आई १३० आवेदनका सन्दर्भमा भोलिदेखि युएससीआईएसले केही परिवर्तन ल्याउन लागेको छ । अमेरिकी ग्रिनकार्ड वाहक वा नागरिकले आफ्ना परिवारका सदस्यहरुको ग्रिनकार्डका लागि आई १३० आवेदन दिनसक्ने प्रावधान रहेको छ ।

भोलिदेखि लागु हुनेगरी युएससीआईएसले आई १३० का घरेलु आवेदनहरु उपरमात्र कारवाही गर्ने भएको छ । अतर्राष्ट्रिय रुपमा आई १३० आवेदन प्रकृयामा लैजानुपरेमा त्यस उपर अमेरिकी सरकारको विदेशमन्त्रालय अन्तरगत कारवाही गरिने भएको छ ।

विगतमा युएससीआईएसका अन्तर्राष्ट्रिय कार्यालयहरु नभएका स्थानमा जसरी अमेरिकी विदेशमन्त्रालयले आई १३० आवेदनहरु हेर्ने गथ्र्यो त्यसरी नै अब अन्तर्राष्ट्रिय रुपमा दिइएका सबै आवेदनहरु अमेरिकी विदेशमन्त्रालय अन्तरगत नै हेरिने भएको छ । आई १३० आवेदनबाहेक युएससीआईएसका अन्य कामकारवाही पनि अन्तर्राष्ट्रियरुपमा अमेरिकी विदेशमन्त्रालयले गर्ने भएको छ ।

अमेरिकाकी सैन्य क्षेत्रमा कार्यरतहरुले आफ्ना परिवारका सदस्यहरुका लागि विदेशमा रहेका अमेरिकी दूतावासमार्फत आई १३० आवेदन फाइल गर्नसक्ने प्रावधान रहेको छ । त्यस्तै कन्सुलर प्रकृयाका लागि मापदण्ड पूरा गरेका अन्य केही आवेदकहरुले समेत यसरी फाइल गर्न पाउने प्रावधान रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएसले आफूलाई आधुनिकिकरण र प्रभावकारी बनाउने योजना अनुरुप अन्तर्राष्ट्रिय रुपमा आई १३० आवेदनको जिम्मा विदेश मन्त्रालयलाई दिने भएको युएससीआईएसले जनाएको छ । हालैमात्र युएससीआईएसले आई १३० आवेदन अनलाइनमार्फत समेत दिनसकिने व्यवस्था गरेको छ । जस अन्तरगत आवेदक अमेरिकाभित्र वा बाहिर जहाँ भएपनि अनलाइनमार्फत आवेदन दिनसक्छन् ।

अनलाइनमार्फत समेत आवेदन दिंदा आवेदक र लाभग्राही दुबैको समय र पैसाको समेत बचत हुने गर्छ । साथै अनलाइनमार्फत आवेदन दिंदा सबै रेस्पोन्स अनलाइनमार्फत नै गर्न सकिन्छ भने शुल्क पनि अनलाइन मार्फत नै तिर्न सकिन्छ । विदेशमा रहेका आवेदकले अनलाइनमार्फत फाइल गर्न नचाहेको खण्डमा युएससीआईएसको डलास लकबक्समा जानेगरी कागजी रुपमा पनि फाइल गर्न सक्छन् ।

प्राकृतिक विपत्तिको शिकार भएका वा अमेरिकी सेनामा कार्यरत बाहेक अन्य अमेरिकी नागरिकसमेत अमेरिकी विदेश मन्त्रालय अन्तरगत आई १३० फाइल गर्न योग्य हुनसक्छन् । तर त्यसका लागि युएससीआईएसको नीतिमा तय गरिएका योग्यताका मापदण्डहरु पूरा गरेको हुनुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com