नेपाली युवाले जिते १ लाख अमेरिकी डलरको लटरी
प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार

अमेरिकाको मेरिल्याण्ड निवासी नेपाली युवाले चिट्ठा उपहारमा १ लाख डलर बराबरको रकम जितेका छन् । एकै परिवारका तिन जना युवाहरुले खुर्किने (स्क्रयाच) लटरीमा १ लाख अमेरिकी डलर जितेका हुन् ।
नेपालको बाग्लुङ जिल्ला स्थायी घरभएका डोलेन्द्र पौडेल, जिवन शर्मा र पर्वत स्थायी घरभएका दिपक रिजाल सात बर्षदेखी अमेरिकामा छन् । एकै परिवारका पौडेल, शर्मा र रिजालले संयुक्त रुपमा जितेको रकम बाँडेका हुन् । खुर्किने लटरी शर्माले खेलेका थिए । उनिहरुले जितेको रकम मध्ये करिव ३५ प्रतिशत राज्य सरकारले आयकर वापत लिन्छ भने बाँकी रकम बिजेताले पाउँछन् ।
सन् २०२० जनवरी बाट रेष्टुरेष्ट र लिक्यर व्यवसायमा प्रवेश गरेका यि तिन युवाले भ्रमण बर्ष सन् २०२० को टिर्सट लगाएर पुरकार थापेका छन् । यसै बर्ष व्यवसाय शुरु गरेका थियौं, यो हाम्रा लागि ईश्वरको बरदान भएको छ, व्यवसायी पौडेलले भने, हामीलाई भाग्यले साथ दिएको भन्नुपर्छ ।
जुवा नशाको रुपमा लिनु हुन्न, कहिले काँही भाग्य बिचार गर्न र रमाइलोका लागि खेल्ने गर्थेँ, बाग्लुङका शर्माले भने हामीले चिट्ठामा जितेको मध्ये केही रकम सामाजिक क्षेत्रमा खर्च गर्ने योजना बनाएका छौं ।
भ्रमण बर्ष २०२० को पूर्ण सफलताको कामना गर्दै हामीले पनि सक्दो प्रचार प्रसार गर्नुपर्छ भन्ने हेतुले भ्रमण बर्षको टिर्सट लगाएर पुरस्कार लिएका हौं, अर्का व्यवसायी दिपक रिजालले भने, नेपालको समृद्धीका लागि हामी सबै मिलेर भ्रमण बर्ष सफल पारौं ।