इन्डो प्यासेफिक र एमसीसी सम्बन्धबारे वासिंटन डिसीबाट अमेरिकी उच्च अधिकारीले पारे स्पष्ट


प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार

मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी र इन्डो प्यासेफिक भिजनबीच कुनै प्रचार गरिएकोजस्तो सम्बन्ध नभएको अमेरिकी विदेशमन्त्रालयका एक उच्च अधिकारीले स्पष्ट पारेका छन् । अमेरिकी विदेश मन्त्रालयको साउथ एण्ड सेन्ट्रल अफेयर्सका लागि पब्लिक डिप्लोमेसी ब्यूरोका डेपुटी एसिस्टेन्ट सेक्रेटरी जोनादन हेनिकले एमसीसी र इन्डो प्यासेफिकलाई भ्रमित पार्न केही कन्फ्युजनहरु श्रृजना भएको बताएका छन् ।

वासिंटन डिसीमा इन्डो प्यासेफिकबारे स्पष्ट पार्न आयोजित कार्यक्रममा खसोखासका प्रधानसम्पादक किशोर पन्थीको प्रश्नको जवाफ दिदै उनले भनेका छन् – ‘मिलेनियम च्यालेन्ज कर्पोरेशनले सन् २०१२ देखि नेपालमा काम गर्दैछ। हामीले प्रस्तुत गरेको इन्डो प्यासेफिक भिजन सन् २०१७ मा मात्र कल्पना गरिएको थियो र घोषणा गरिएको थियो। म यो कुरा पनि दोहोर्याउन चाहन्छु किनभने मलाई लाग्छ केही कन्फयुजनहरु सृजना भएका छन् जसले यी दुई विशेष मुद्दाहरूलाई भ्रमित गर्दैछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भने – ‘हामीले नेपाल सरकारसँग धेरै बर्षदेखि कुराकानी गर्दै आएको ५ सय मिलियन डलरको एमसीसी कम्प्याक्टमा भाग लिनको लागि नेपालले इन्डो प्यासेफिकका कुनै कुराको लागि सामेल हुन वा साइन अप गर्न आवश्यक छैन। त्यसैले एमसीसी र इन्डो प्यासेफिकबीच त्यस्तो प्रकारको सम्बन्ध छैन जुन तपाईले संकेत गरिरहनु भएको छ।’

इन्डो प्यासेफिक भिजन इन्डो प्यासेफिक क्षेत्रका लागि समावेशी दर्शन भएको बताउँदै उनले भनेका छन् – ‘हामी विश्वास गर्दछौं कि क्षेत्रका लागि हाम्रो दृष्टिकोणलाई आधार बनाउने खुलापन, पारदर्शिता, सुशासनका मूल्य मान्यताका सन्दर्भमा हामी हामी नेपालसहित यस क्षेत्रका धेरै, धेरै साझेदारहरूसँग साझा गर्दछौं। हामीलाई आवश्यक छैन कि प्रत्येक एकल देशले हामीले वर्णन गरेको दर्शनको प्रत्येक एकल तत्वमा ठीक उस्तै मान वा प्राथमिकता संलग्न हुनुहोस् ।’

‘हामी यी मुल्यहरूको प्रवर्धन, पारदर्शिता, सुशासन, समृद्धिलाई अझ बढाउने आशाका साथ सहयोग गर्न चाहन्छौं। र निश्चय नै हामी नेपाललाई एउटा महत्वपूर्ण साझेदारका रूपमा देख्छौं जुन हामी यी धेरै मूल्य मान्यताहरूलाई साझा गर्छौं । इन्डो प्यासेफिक भिजनलाई यस क्षेत्रमा अगाडि बढाउनका लागि नेपालसँग मिलेर धेरै सम्भावित काम गर्न सक्छौं जस्तो हामीलाई लाग्छ ।’ –  डेपुटी एसिस्टेन्ट सेक्रेटरी जोनादन हेनिकले स्पष्ट पारेका छन् ।

त्यस्तै पूर्व एसिया र प्योसेफिकका लागि कुटनीतिक ब्यूरोमा कार्यरत डेपुटी एसिस्टेन्ट सेक्रेटरी वाल्टर डग्लसले यसबारेमा थप प्रकाश पार्दै इन्डो प्यासेफिक रणनीति कस्तो हुने भन्ने बारेमा विभिन्न देशका आआफ्ना भर्सनहरु रहँदै आएको बताएका छन् । जापान, अष्ट्रेलिया लगायतका देशको आआफ्ना नीतिहरु रहेको बताउँदै हालै कोरियाले नयाँ साउदर्न पोलिसी लिएको पनि उनले स्पष्ट पारेका छन् ।

अमेरिकाले गर्ने सबैमा आसियनले केन्द्रीय भूमिका खेल्ने बताउँदै उनले अमेरिकाको एसिया प्यासेफिक भिजनलाई भेन डायग्रामसँग तुलना गरेका छन् । उनले भनेका छन् – ‘कतिपय कुराहरु ठ्याक्कै फिट नभएपनि नजिक नजिक फिट हुने खालका हुन्छन् । इन्डो प्योसेफिक क्षेत्र कस्तो देखिनुपर्छ र हामी सबैको रुची कस्तो छ भन्ने सन्दर्भमा हामी सबैका उस्तै उस्तै साझा रुचीहरु छन् ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com