रुपन्देहीको सैनामैनामा सडक दुर्घटना: २ जनाको मृत्यु


प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार

रुपन्देहीको सैनामैना- ८ रामापुरमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ भने १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सैनामैना–७ वयरकट्टीका मोटर साइकल चालक २० वर्षका सुदिप चौधरी र वर्ष २० कै पछाडी सवार निवन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी गराए ।

सोही मोटर साइकलमा सवार वर्ष १६ का सन्तराम चौधरीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । पश्चिमदेखि बुटवलतर्फ आउँदै गरेको लु ४२ प ७०९६ नम्बरको मोटरसाइकल तीब्र गतिका कारण अनियन्त्रित भई सोही दिशाको लु २४ प ७४७२ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो । मोटर साइकिलले विपरित दिशाबाट आएको मोटरसाइकल र पैदलयात्रीलाई समेत ठक्कर दिएको थियो । स्कूटरका चालक बुटवल- १३ सालघारी, बेलबासका तुलबहादुर गुरुङ सामान्य घाईते भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारले जानकारी गराए ।

यसैगरी सोही मोटरसाइकिललाई बचाउँन खोज्दा पूर्वदेखि पश्चिमतर्फ जाँदै गरेको लु ३५ प ५०१९ नम्बरको मोटरसाइकल चालक सैनामैना- ८ रामापुरका चन्द्रबहादुर क्षेत्री र पैदलयात्री सोही ठाउँका भगवती न्यौपाने सामान्य घाइते भएको परियारले जानकारी गराए ।

तस्वीर: सुरेन्द्र परियारको फेसबुकबाट

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com