सीप र दक्षताबिनै वैदेशिक रोजगारीमा महिला


प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सरकारले सीपलाई प्राथमिकता दिँदै आएपनि विदेश जाने आधिकांशमहिला नै सीप र दक्षताका हिसाबले कमजोर रहेको पाइएको छ ।वैदेशिक रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीप, दक्षताका हिसाबले कमजोर रहेको पाइएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आम्दानीलाई सीप, दक्षतासँग तुलना गरिरहेकै बेला वैदेशिक रोजगारीमा जाने ६० प्रतिशत महिला नै अदक्ष हुने गरेको पाइएको छ ।

वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको आर्थिक वर्ष २०७५-२०७६ को प्रगती प्रतिवेदनमा वैदेशिक रोजगारीमा गएका कुल महिलाको ५८.८४ प्रतिशत महिला कुनै सीप र दक्षताबिना नै वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख छ । विगत ३ आवमा वैदेशिक रोजगारीमा गएका ९७ हजार ३१० महिला मध्ये ५८.८४ प्रतिशत अर्थात ५७ हजार २५६ महिला कुनै सीप र दक्षता बिना (अदक्ष) नै गएको देखिन्छ । वैदेशिक रोजगारीमा जाने अन्य देशका महिलाको तुलनामा नेपाली महिला अदक्ष हुने गरेका कारण गन्तब्य देशमा सुरक्षा र आम्दानीका हिसाबले नेपाली महिला बढी जोखिममा रहेको देखिन्छ । दक्षता र सीप कमजोर भएकै कारण पुनः श्रम स्वीकृति लिएर जाने महिलाले सीपअनुसार पारिश्रमिक पनि नपाउने गरेको गुनासो धेरै रहेकोे छ । सीप नभएका कारण एउटा कामको लागि श्रम स्वीकृति लिने र गन्तब्य देशमा फरक काम गर्ने गरेका नेपाली महिला धेरै हिंसामा पर्ने गरेकोे महिला अधिकारकर्मीको भनाइरहेको छ ।

प्रतिवेदनमा वैदेशिक रोजगारीमा जानेमध्ये उच्च दक्षतायुक्त सीप भएका महिलाको संख्या ०.०६ प्रतिशत अर्थात ६१ जनामात्र रहेको पाइएको छ । यसैगरी उच्च दक्षतायुक्त सीप भएका पुरुषको संख्या ०.०५ प्रतिशत अर्थात ७८७ रहेको पाइएको छ । बिगत ३ वर्षमा पेशाविद्को रूपमा श्रम स्वीकृति लिएका गएका महिलाको हिस्सा ०.३० प्रतिशत अर्थात २९४ हुदा सोही पेशामा जाने पुरुषको संख्या ०.११ प्रतिशत अर्थात १ हजार ७४५ रहेको छ । संख्याको हिसाबले उच्च दक्षतायुक्त र पेशागत रूपमा विदेश जाने महिलाको तुलनामा पुरुषको संख्या धेरै रहेको भएपनि समग्र प्रतिशतमा महिला अगाडी रहेका छन ।

जोखिम मानिएका देशमा व्याक्तिगत श्रमस्वीकृति बढी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली महिलाको सुरक्षाका हिसाबले चुनौती देखिएका देशमा संस्थागत भन्दा व्याक्तिगत श्रम स्वीकृति लिनेको संख्या धेरै देखिएको छ । महिला श्रमिक मृत्यु र आपत विपतमा धेरै पर्ने गरेको रोजगार गन्तब्य कुवेत जान धेरै महिलाले संस्थागत भन्दा व्याक्तिगत श्रम स्वीकृति लिएको देखिन्छ । गत वर्षको वैदेशिक रोजगार बोर्डको प्रतिवेदनमा समेत सबै भन्दा बढी महिलाको मृत्यु हुने देश कुवेतमा ५ र युएईमा ४ महिलाको मृत्यु भएको देखाउछ ।

व्याक्तिगत प्रयासमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिका मुख्य गन्तब्यहरू क्रमस कतार, साउदी अरबिया, यूएई, मलेसिया लगायतका देश भएपनि महिलाको सन्र्दभमा भने फरक रहेको छ । व्याक्तिगत रूपमा श्रम स्वीकृति लिने कुल १ लाख १५ हजार ३९८ मध्ये २७.६ प्रतिशत अर्थात ३१ हजार ८२० महिला रहेका छन । जब कि संस्थागत रूपमा प्रमुख ७श्रम गन्तब्यमा कुल ३९ लाख ५ हजार ८३९ पुरुष मध्ये २.७१ अर्थात १ लाख ९ हजार महिलाले मात्र श्रम स्वीकृति लिएको देखिन्छ । कुवेतमा हालसम्म संस्थागत श्रम स्वीकृतिमा ५ हजार १५१ महिला गएकोमा व्याक्तिगत रूपमा जानेको संख्या २० हजार २८७रहेको देखिन्छ । देशगत हिसाबले व्याक्तिगत श्रम स्वीकृति लिनेहरूमा महिलाको संख्या उल्लेख्य देखिएको छ । कुबेतमा घरेलु कामदारमा जाने नेपाली महिलाहरूको संख्यालाई छोडने हो भने जर्मन, डेनमार्क, माल्टा, माल्दिभ्समा श्रम स्वीकृतिमा जाने संख्या धेरै रहेका छन ।

स्वीडेनमा व्याक्तिगत तवरले श्रम स्वीकृतिमा जाने महिलाहरूमात्र रहेका छन् भने कुवेत, डेनमार्क, जर्मनी र इजरायलमा कुल व्याक्तिगत श्रम स्वीकृति लिनेमा महिला ८० प्रतिशत भन्दा बढी रहेको देखिन्छ । व्याक्तिगत श्रम स्वीकृति लिने नेपाली महिलाहरूको जिल्लागत विवरणको तथ्यांक विश्लेषण गर्दा श्रम स्वीकृती लिइ ५ वटा जिल्ला झापा, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोक क्रमस अगाडी रहेका छन । यि मध्ये ५० प्रतिशत महिला झापाका रहेका छन् ।-कारोबार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com