भारतको जम्मु-कस्मिरमा शुक्रबार बिहानै भएको भीडन्तमा तीन जनाको मृत्यु भएको छ।जम्मु-कस्मिर प्रहरीका अनुसार बिहान पाँच बजेतिर जम्मु-कस्मिर राजमार्गस्थित नाग्रोताको एक टोल प्लाजामा जाँचका क्रममा भीडन्त भएको हो ।
प्रहरीले जाँचका क्रममा श्रीनगर जान लागेको एउटा ट्रकलाई रोक्दा भित्र रहेका आतंककारीले गोली चलाएको दाबी गरेको छ। गोली लागेर एक जना प्रहरी घाइते भएको र ट्रकभित्रका तीन जना मारिएको बताइएको छ । मारिएकाहरू कुन समूहका सदस्य हुन् भन्ने खुलाइएको छैन। प्रहरीले घटनास्थललाई घेरा हालेको छ ।
पछिल्लो समय जम्मु- कस्मिरको राज्यको मान्यता खोसेर केन्द्र शासित क्षेत्र बनाइएको छ। त्यसको विरोधमा प्रदर्शन हुन सक्ने ठानेर जम्मु कस्मिरमा सञ्चारका साधनमा प्रतिबन्ध लगाइएको छ ।-एजेन्सी
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।