अमेरिकामा एसाइलम गर्नेलाई मेक्सिको फिर्ता पठाउने नीति थप देशका लागि, यी हुन् ४२ देश


प्रकाशित मिति : माघ १५, २०७६ बुधबार

अमेरिकी सरकारले विना भिसा अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम गर्नेलाई मेक्सिको फिर्ता पठाउने नीति थप देशका लागि विस्तार गरेको छ । आजदेखि अमेरिकी सरकारले ब्राजिलका नागरिकहरुलाई पनि एसाइलमको अदालती सुनुवाई सम्मका लागि मेक्सिको फिर्ता पठाउन सुरु गरेको छ ।

अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम दावी गर्ने ब्राजिलियनहरुको संख्या गतबर्ष तीनगुणाले बढेको अमेरिकी सरकारले जनाएको छ । माइग्रेन्ट प्रोटेक्सन प्रोटोगल नामको यो कार्यक्रम अमेरिकी सरकारले सन् २०१९ को जनवरीबाट सुरु गरेको हो ।

गत नोभेम्बरसम्म अमेरिकी सरकारले ५९ हजार २ सय ४१ आप्रवासीहरुलाई एसाइलमको अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाएको छ । नेपालीहरुलाई भने मेक्सिको फिर्ता पठाइएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हेर्नुहोस् कुन देशका कतिजनालाई फिर्ता पठाइयो

एमपीपी कार्यक्रम अन्तरगत मेक्सिको फिर्ता पठाइएकाहरुमा होण्डुरसका सबैभन्दा धेरै २१ हजार ७८६ रहेका छन् भने दोश्रोमा ग्वाटेमालाका नागरिकहरु रहेका छन् । गतबर्ष ४२ देशका नागरिकहरुलाई यो कार्यक्रम अन्तरगत मेक्सिको फिर्ता पठाइएको छ, जसमा ७२ जना मेक्सिकन समेत छन् ।

ट्रम्प प्रशासनले विनाभिसा सिमाक्षेत्रमा आएर एसाइलम गर्नेहरुका लागि नीतिमा कडाई गरिरहँदा एमपीपीको कार्यान्वयन गरिएको हो । यो नियमबाट नेपालीहरुभने अहिलेसम्म प्रभावित भएका छैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com