यस्तो छ नेपालको अध्यागमनमा यात्रुको बायोमेट्रिक लिने सफ्टवेयर (भिडियो)


प्रकाशित मिति : माघ १५, २०७६ बुधबार

नेपालको अध्यागमनमाथि बिभिन्न समयमा सुरक्षाको बिषयलाई लिएर अन्तराष्ट्रिय क्षेत्रले प्रश्न उठाउने गरेका थिए । अध्यागममा आगमन र प्रस्थान गर्ने स्वदेशी तथा बिदेशीको बिस्तृत जानकारी राख्ने सक्ने अवस्था थिएन । जसको कारण नेपाल भित्रिएर अबैध काम गर्नेहरु सहजै उम्कन सक्ने अवस्था समेत थियो । तर पछिल्लो एक वर्षमा अध्यागमनको मुहार परिर्वतन भएको छ भने अत्याधुनिक बोर्डर कन्ट्रोल सिस्टम प्रबिधीको समेत प्रयोगमा ल्याएको छ

सरकारले नेपाल आगमन र प्रस्थान गर्ने बिदेशी र स्वेदशी नागरिकको सुचनालाई व्यवस्थित गर्नका लागि अत्याधुनिक प्रविधि प्रयोग सुरु गरेको छ । अध्यागमन बिभागले नेपाली पोर्ट नामको अत्याधुनिक बोर्डर कन्ट्रोल सिस्टम प्रबिधी प्रयोगमा ल्याएको हो । यस प्रबिधीबाट अध्यागमनसंग सम्वद्ध निकायहरु राहदानी विभाग, बैदेशीक रोजगार विभाग, शिक्षा मन्त्रालय, पर्यटन मन्त्रायल, प्रहरी प्रशासन लगायका निकायले सूचना एक आपसमा हेर्न मिल्नेगरी सफ्टवेयरको अन्तरआवद्धता समेत गरिएको बिभागले जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित १२ अध्यागमन नाकामा बायोमेट्रिक्स सहितको नेपाली पोर्ट सफ्टवेयर प्रणली जोड्न लागिएको छ । नेपालमा आगमन र प्रस्थान गर्ने स्वदेशी तथा विदेशी नागरिकको अध्यागमनमा यात्रुको फोटो, औठाछाप, यात्रुको आ“खाको रेटिनाको समेत रेकर्ड राख्नेगरी नेपालकै आफनो प्रबिधी प्रयोगमा ल्याएको हो । नेपाली पोर्ट सञ्चालन अघिसम्म अध्यागम बिभागले फोकस–वानको इमी सफटवेयर’ मार्फत चेक जाँच गर्दै आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर विभागले आफनै प्राविधिकमार्फत एक बर्ष लगाएर बनाएको नेपाली पोर्ट सफ्टवेयरबाट अध्यागममा चेकजाँच गर्न लागेको हो । अब नेपालको अध्यागमन पनि अत्याधुनिक प्रविधियुक्त बनेको छ । यसअघिको प्रबिधीबाट आगमन र प्रस्थान गर्ने बिदेशी र स्वेदशी नागरिकको बायोम्याट्रिक सुचना दिन सक्ने अवस्था थिएन । अहिले अध्यागममा ल्याइएको नेपाली पोर्ट सफ्टवयर प्रयोगमा आएपछि नेपालमा अन्तराष्ट्रिय जगतले लगाउदै आएको कमजोर सुरक्षा प्रणालीको आरोप हट्नको साथै सुरक्षा चुनौतीलाई समेत घटाउने बिभागको दाबी छ ।

सरकारले अन्तराष्ट्रिय स्तरकै अत्याधुनिक बोर्डर कन्ट्रोल सिस्टम कार्यान्वयमा ल्याएसंगै नेपाल आगमन गर्नेको सम्पुर्ण जानकारी प्रत्येक पल थाहा पाउन सकिन्छ । यसरी नेपालको बिमानस्थल लगायत अन्य सिमा नाकाबाट नेपाल भित्रिएर गरिने अपराध, नेपाली भिषाको दुरुपयोगको साथै सुरक्षा चुनौती जस्ता कार्यलाई रोक्नका लागि सरकारले ल्याएको यस प्रबिधीले ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com