पाल्पामा हावाबाट निकालिएको बिजुलीले गाउँनै झिलिमिली


प्रकाशित मिति : माघ १५, २०७६ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर एक वर्षमा लोडसेडिङ अन्त्य गरिनेछ भनेको कुरा देशभर चर्चाको विषय बनेको थियो । हावाबाट बिजुली निकाल्न सकिन्छ भन्ने कुरा धेरैलाई हावादारी गफ नै लाग्छ । तर एक वर्षभित्र लोडसेडिङ अन्त्य भए पनि नभए पनि हावाबाट बिजुली निकाल्न भने सकिँदो रहेछ भन्ने उदाहरण बनेको छ, पाल्पाको निस्दी गाउँपालिकामा । मगर समुदायको बस्ती रहेको रुक्से भन्ञ्याङडाँडामा तीनवटा पंखा घुमिरहेका छन् । दुईवटा ठूला पंखा र एउटा सानो पंखा चलेका छन् । तर यी पंखा विद्युत्–शक्तिले चलेका होइन, हावाले घुमिरहेका हुन् । हावाले घुमाएका तिनै पंखाबाट विद्युत उत्पादन भइरहेको छ, जसले मित्याल गाउँ नै झिलिमिली बनेको छ।

निस्दी गाउँपालिका–४, मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ। गाउँपालिकाको केन्द्र रहेको रुक्से भन्ञ्याङमा हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणालीमार्फत् १० किलोवाट क्षमताको बिजुली निकालिएको छ। २०७३ मा नै यसै स्थानमा हावाबाट एक हजार दुई सय वाट विद्युत् निकालेर प्रयोग गरिँदै आएको थियो। वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अध्ययनअनुसार सो ठाउँमा वायु–उर्जाको प्रशस्त सम्भावना रहेको देखिएपछि पुनः २५ किलोवाट क्षमताको विद्युत् निकालिएको हो। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको एक करोड ८० लाख र गाउँपालिकाको ४२ लाख १३ हजार आठ सय रुपैयाँको लागतमा सो आयोजना सञ्चालन भएको हो।

यहाँ हावाबाट निस्केको बिजुलीबाट एक सय ५० घरले बत्ती बाल्न थालेका छन् । निस्दी गाउँपालिकाका रुक्से भन्ज्याङ, झ्याल्टुङ, मौलाथर, घुम्सीवर र मित्याल बजारमा विद्युत् वितरण गरिएको छ। अढाई वर्षअघि सुरु भएको सो आयोजना सम्पन्न भएर घरघरमा बिजुली–बत्ती बल्न थालेपछि स्थानीय खुसी भएका छन्। गाउँपालिकाको झ्याल्टुङ, मौलाथर, रुप्से भन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशंकर मावि, मित्याल आधारभूत विद्यालय र मौलादेवी आधारभूत विद्यालयमा हावाबाट निकालिएको बिजुली उपयोग भइरहेको छ। विद्युत् सेवा पुगेपछि विद्यालयको कामकाज गर्न सजिलो भएको गौरीशंकर माविका प्रधानाध्यापक केशबहादुर सुनारीले बताए। राष्ट्रिय प्रशारणको विद्युत नभएको सो स्थानको आठ सय जनसंख्या लाभान्वित भएको सुनारीले बताए । -नागरिक दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com