यी हुन् ट्रम्प प्रशासनबाट अमेरिकामा आउन प्रतिबन्ध लगाइएकाहरु


प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पले विभिन्न देशका नागरिकहरुमाथि विभिन्न प्रकारका भिसा प्रतिबन्धहरु जारी गरे । कार्यकारी आदेशमार्फत यस्ता प्रतिबन्ध लगाएका ट्रम्पले विभिन्न कानुनुी लडाईको सामना गर्नुपरेको थियो ।

सर्बोच्च अदालतले ट्रम्पबाट जारी यात्रा प्रतिबन्धको कार्यान्वयनका लागि बाटो खोलिदिएपछि हौसिएका ट्रम्पले केही नयाँ देशहरुमाथि पनि त्यस्ता प्रतिबन्धहरु लगाएका छन् ।

अमेरिकामा यात्रा गर्न प्रतिबन्ध लगाइएकाहरु

इरान, लिबिया, नर्थ कोरिया, सिरिया र यमनका नागरिकहरुलाई सामान्यतया अमेरिका आउनमा रोक लगाइएको छ । उनीहरुलाई भिजिटर लगायतका गैर आप्रवासी भिसा वा अमेरिकामा विभिन्न श्रेणीको ग्रिनकार्ड फाइल गरेर आप्रवासी भिसामा आउनसमेत प्रतिबन्ध लगाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इरान, लिबिया र यमनका विद्यार्थीहरुका सन्दर्भमा भने केही अपवाद लागु गरिएको छ । उनीहरु विद्यार्थी भिसामा अमेरिका आउनसक्ने बाटो त खोलिएको छ तर त्यो बाटो निकै साँगुरो छ ।

सुरुमा चाडलाई पनि भिसा प्रतिबन्ध लगाइएको थियो । तर पछि उक्त सुचीबाट भने चाडलाई हटाइयो । सोमालियाका नागरिकलाई पनि अमेरिकामा आप्रवासी भिसामा प्रतिबन्ध लगाइएको छ । तर अमेरिका भ्रमण गर्न आउनका लागि भिजिटर लगायतका गैर आप्रवासी भिसामा भने प्रतिबन्ध लगाइएको छैन ।

भेनेजुएलाका केही सुरक्षा अधिकारीहरुमाथि पनि भिसा प्रतिबन्ध लगाइएको छ ।

अरु कुन कुन देश थपिदै छ ?

ट्रम्प प्रशासनले भिसा प्रतिबन्धको सुचीमा तान्जिनिया, बेलारुस, इरिटेरिया, क्रिगिस्तान, म्यानमार, नाइजेरिया र सुडानलाई थप्ने तयारी गरिरहेको छ । हरेक ६ महिनामा यात्रा प्रतिबन्धबारे पुनरावलोकन गर्ने ट्रम्प प्रशासनको नीति अनुरुप यी देशहरुबारे पुनरावलोकन भइरहेको छ ।

यात्रा प्रतिबन्ध सुरु भएपछि ४२ हजार भिसाका आवेदनहरुलाई अयोग्य सावित गरिसकिएको छ । तर कतिपय भिसाका आवेदनमा भने वेभर समेत जारी गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com