अग्निप्रसाद सापकोटाको वास्तविक अग्निपरीक्षा


प्रकाशित मिति : माघ १२, २०७६ आईतबार

प्रतिनिधिसभाको सभामुखमा नेकपाका नेता अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै सापकोटाले लोकतन्त्रको मुल्य, मान्यता र आदर्शलाई कायम राख्दै निष्पक्ष, सन्तुलित र तटस्थ भुमिका निभाउदै संसदको गरिमा कायम राख्ने प्रतिवद्धता गरेका छन् । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले सभामुखबाट सोही प्रतिवद्धता अनुरुपको व्यवहारको अपेक्षा गरिएको बताएका छन् ।

पार्टीभित्र लामो छलफल र माथापच्चिका बीच गत असोजदेखि खालि भएको सभामुख पदमा बाजी मारेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं. १बाट निर्वाचित सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाका एकल उम्मेदवार समेत बने । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत कुनै पनि प्रतिपक्षले उम्मेदवारी नदिएपछि सापकोटा उम्मेदवारी दर्ताकै दिनदेखि निर्विरोध भैसकेका थिए । तर, आइतबार प्रतिनिधिसभाको बैठकले सापकोटालाई औपचारिक रुपमा सभामुमा निर्विरोध निर्वाचित भएको घोषणा गर्यो ।

हिजोका दिनसम्म नेकपाको नेताको हैसियतमा रहेका सापकोटा अब सिंगो सदनका मुखियाको जिम्मेवारी सम्हालेका छन् । लामो समय अभिभावक विहिन भएर टुहुरोजस्तै बनेको संसदले अभिभावक पाएको छ । अभिभावकले आफ्नो अभिभावकत्व कसरी निर्वाह गर्न सक्छ राजनीतिक जिवनको कठोर त्याग, तपस्या र बलिदानीको राप तापबाट आएका अग्निको वास्तविक अग्निपरिक्षा अब बल्ल शुरु भएको छ ।

वि.सं. २०१४ साल फागुन २४ गते सिन्धुपाल्चोकमा जन्मिएका अग्निप्रसाद सापकोटा तत्कालिन नेकपा माओवादीको स्थापनाकालदेखिनै जनयुद्धमा सामेल भएका नेता हुन् । सापकोटाको राजनीतिक इतिहासले उनलाई अनुभवी र परिपक्व नेताको रुपमा लिन सकिन्छ । २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा विजयी हुनुभएका सापकोटा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकबाट विजयी बनेका थिए । लामो समय शिक्षक आन्दोलनमा लागेका सापकोटाले माओवादी जनयुद्ध कालमा ताम्सालिङ राज्यको इन्चार्जको रुपमा काम गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी, युद्धकालीन राजनीतिक पृष्ठभूमिबाट आएका सापकोटाले अब संसदीय राजनीतिको मियो बनेर अघि बढ्नुपर्ने दायित्व थपिएको छ । आफुमाथि लागेका सबैखाले आरोपलाई मिथ्या सावित गर्न पनि सापकोटाको स्वभाव मैत्रिपूर्ण बन्न आवश्यक छ । सभामुख जस्तो राज्यको उच्च ओहोदाको संवैधानिक पदको गरिमालाई कायमै राख्दै सदनका गतिविधि सञ्चालन गर्नु नै अग्निने आफ्नो उचाईलाई थप उचाईमा पुर्याउनु हो ।

संघीय संरचनाको निम्ति राजनीतिक लडाइँ लडेर आएको व्यक्ति सभामुख भएका छन् । मुलुक संघीय प्रणालीमा छ । तीन तहको सरकार छ । नयाँ राजनीतिक प्रणालीमा गईसकेपछिको पहिलो प्रतिनिधी सभाको दोस्रो सभामुख भएका छन् सापकोटा । यतिखेर धेरैभन्दा धेरै ऐन, कानुन निर्माण गर्नुपर्ने छ । आज बनाइएका नियम कानुनले नै आगामी दिनमा देशको संघीय प्रणाली थेग्ने हो । सरकारले आफ्नो ढंगले विधेयकहरु भटाभट ल्याइरहेको छ । कयौँ विधेयकमा विपक्षी दलले सडक र सदन तताइरहेको अवस्था पनि छ । यस्तो अवस्थामा सापकोटाको सन्तुलित भुमिकाको आवश्यकता छ । उनले कत्तिको सन्तुलित भुमिका निर्वाह गर्न सक्छन् । त्यो समयले देखाउने छ । तर एकातिर पार्टी र सरकारलाई सफल बनाउनु अर्कोतिर विपक्षीलाई पनि सन्तुष्ट राख्नु नै सापकोटाको मुख्य दायित्व हुनेछ ।

संसदमा १० वटा विधेयक दर्ता भई वितरण भएका छन् । १५ वटा विधेयक समितिमा विचाराधिन रहेका छन् । प्रतिनिधी सभाबाट पारित भई २ वटा विधेयक राष्ट्रिय सभामा पठाइएका छन् । प्रतिनिधी सभामा पास भइसकेका आधा दर्जन विधेयक राष्ट्रपतिकहाँ प्रमाणिकरणका लागि पठाउनुपर्ने पनि छ । पहिलो प्रशासनिक काम सापकोटाको यहि हुनेछ । समितिका प्रतिवेदन बुझ्ने, समिति सभापतिहरुबीचमा समन्वय गर्ने, सांसदलाई अध्ययन अवलोकन भ्रमणको निम्ति स्वीकृत दिनुपर्ने पनि छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com