खाडीको जेलमा रहेका नेपालीको तथ्याङ्क उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन


प्रकाशित मिति : श्रावण ३१, २०७३ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहालले खाडी मुलुकका विभिन्न जेलमा रहेका नेपालीको सम्बन्धमा गम्भीर चासो राख्नुभएको छ ।

परराष्ट्र सचिव शङ्करदास बैरागीलाई  प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ प्रधानमन्त्री दाहालले खाडी मुलुकमा रहेका नेपालीका समस्याबारे गम्भीर चासो राख्दै जेलमा रहेका नेपालीको ठोस तथ्याङ्क दिन निर्देशन दिनुभएको हो ।

वैदेशिक रोजगारीको खोजीमा खाडी मुलुक पुगेका नेपालीले दुःख पाएको, उनीहरूको पेसागत सुरक्षा नभएको तथा जेलमा कष्टकर जीवनयापन गर्न बाध्य भएको समाचार लगातार आउनु मुलुकका लागि समेत सुहाउँदो विषय नभएकाले तत्काल समस्याको समाधान गर्न प्रधानमन्त्रीले परराष्ट्र सचिवलाई निर्देशन दिनुभएको हो ।

नेपालीको कष्टकर अवस्था र जेलमा रहेका नेपाली नागरिकको रिहाइका लागि तत्काल पहल गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सनाले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।




प्रधानमन्त्रीले भन्नुभयो, “साउदी, कतार, मलेसियालगायतका खाडी मुलुकमा कति नेपाली बन्दी जीवन बिताइरहेका छन् ? कति रोजगारदाता कम्पनी टाट पल्टिएर नेपाली कामविहीन भएका छन् ? त्यसको ठोस तथ्याङ्क बनाएर तत्काल बुझाउनुहोला । सरकारले यसबारे आवश्यक निर्णय गर्नेछ ।”

भेटमा प्रधानमन्त्रीले खाडीमुलुकमा बन्दीजीवन बिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारे पनि परराष्ट्र सचिवसँग जानकारी लिनुभएको थियो ।

सो अवसरमा परराष्ट्र सचिव वैरागीले तिमिल्सिनाको सहयोगमा निजी क्षेत्रबाट रु २८ लाख सङ्कलन भएको जानकारी दिनुभएको थियो ।

प्रधानमन्त्रीले तिमिल्सिनाको घटनाबारे यथार्थ बुझेर थप जानकारी गराउन निर्देशन दिँदै सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । साउदी जेलमा रहनुभएका तिमिल्सिना ब्लड मनी तिर्न नसक्दा रिहाइ हुन सक्नुभएको छैन ।

परराष्ट्र सचिवले पेट्रोलियम पदार्थको मूल्य घटेकाले खाडी मुलुकमा धेरै कम्पनी बन्द हुँदै गएका र केही नेपाली कामदार कम्पनीबाट फिर्ता भइरहेको जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्रीले आफ्नै देशमा उत्पादन कार्यमा लगानी गरेर वैदेशिक रोजगारको विकल्प खोज्नेबारे आवश्यक निर्णय गर्ने समेत बताउनुभएको स्वकीय उपसचिव तिमिल्सिनाले बताउनुभयो ।

साउदी अरबको ठूलो निर्माण कम्पनी ‘साउदी ओगर’ मा कार्यरत ४१ जना नेपाली नागरिकले सन् २०१६ को जनवरीदेखि तलब र केही क्याम्पमा जुलाई अन्तिम सातादेखि खाना खुवाउने मेससमेत बन्द भएको जनाउँदै उद्धार गर्नको लागि महावाणिज्य दूतावासबाट प्रबन्ध मिलाइएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले कष्टकर अवस्थामा रहेका नेपाली नागरिकलाई उद्धार गर्न, स्वदेश फर्काउन तथा अन्य वैकल्पिक कम्पनीमा काम गर्नसक्ने अवस्था निर्माणका लागि सम्बन्धित नियोगलाई स्पष्ट निर्देशन दिइएको जानकारी दिनुभयो ।

उहाँले साउदी अरबमा ९५ जना नेपाली नियोगको सम्पर्कमा आएको उल्लेख गर्दै घर फर्कन चाहनेलाई घर फर्काउन र अन्य कुनै उपाय अवलम्बन गर्न सकिने भए सोहीअनुसार गर्न निर्देशन दिइएको पनि बताउनुभयो ।

उहाँले जेलमा रहनुभएका तिमिल्सिनाको हकमा भने ‘ब्लड मनी’ जुटाउनका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलगायतका निकायसँग छलफल जारी रहेको र केही समयपछि आवश्यक निर्णय हुने उल्लेख गर्नुभयो ।

केही दिन पहिले पनि प्रधानमन्त्री दाहालले साउदी अरब र श्रीलङ्कामा अलपत्र नेपाली नागरिकको उद्धार गर्न र उनीहरूको सुरक्षित स्वदेश फिर्तिका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभएको थियो । दलालको फन्दामा परेका १४ नेपाली महिला श्रीलङ्कामा अलपत्र अवस्थामा रहेको सूचना आएपछि उनीहरूलाई स्वदेश फर्काउने तयारी गरिएको परराष्ट्रले जनाएको छ ।

प्रधानमन्त्रीको निर्देशन लगत्तै नेपाली कन्सुलेट जनरल जेद्दाले साउदी ओगर कम्पनीमा कार्यरत ४१ नेपालीमध्ये छजना नेपाल फर्केको र सोही कम्पनीमा कार्यरत अन्य कामदारलाई स्वदेश फर्काउन साउदी सरकारसँग आवश्यक सहयोग उपलब्ध गराउने विषयमा कुराकानी भएको जनाएको थियो ।

परराष्ट्र प्रवक्ता पौडेलले साउदी सरकारको परराष्ट्र र श्रम मन्त्रालयसँग मिलेर नेपाली कामदारको विषयमा कुराकानी भइरहेको र कुनै न कुनै निकास निस्कने क्रममा रहेको बताउनुभयो ।

नियोगले नेपाली नागरिकले कुनै समस्या परी अप्ठ्यारो अवस्था भोग्नु परेको भए नेपाली दूतावास, रियाद र महावाणिज्य दूतावास जेद्दामा सम्पर्क गर्न यसअघि नै आग्रह गरिसकेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com