मकवानपुरको हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित सरकारी एम्बुलेन्स नियन्त्रणमा लिएको छ। शनिबार साँझ इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले बा२झ १७४९ नम्बरको रौतहटको डुमरिया नगरपालिकाको स्वास्थ्य चौकीको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
प्रहरीले चालकसहित थप ३ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका-९ का मोहम्मद खलिद, डुमरिया-४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन् । प्रहरीले उनीहरुका साथबाट नेपाली रु ९१ हजार र दुई हजार भारतीय रुपैँयासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।