काँग्रेसका पूर्वसांसद कार्कीको निधन


प्रकाशित मिति : माघ १२, २०७६ आईतबार

नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए।

उनी मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए । पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा वि.सं २००० मा जन्मिएका उनी वि.सं. २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । वि.सं. २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी वहन गरेका थिए ।-रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com