ज्वरो र रुघाखोकीको औषधि अभाव हुँदा ७ जनाको मृत्यु


प्रकाशित मिति : माघ १२, २०७६ आईतबार

हुम्लाका गाउँगाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने पहल नहुँदा बिरामीको ज्यानै जान थालेको छ । पछिल्लो ३ सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ७ जनाको ज्यान गएको हो । चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीय जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीय गोरी सार्की र ६० वर्षकै पाउरी शाहीको मृत्यु भएको छ ।

उनीहरु सबैको पुस २६ यता ज्यान गएको हो । त्यस्तै, सार्केगाड–३ उनापानीमा ५५ वर्षीय रंगमल फडरा र खार्पुनाथ–३ रायामा ३५ वर्षीया चन्दा बुढाको मृत्यु भएको छ । जिल्ला विभिन्न गाउाम फैलिएको रुघाखोकी र ज्वरोलाई स्थानीय स्वास्थ्यकर्मीले सिजनल फ्लु भनेका छन्। तर, स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा नियन्त्रणमा ल्याउन समस्या परेको छ । –नयाँ पत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com