सुनको मूल्य बढ्ने क्रम जारी


प्रकाशित मिति : माघ १२, २०७६ आईतबार

साताको सुरुमै सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ७५ हजार २ सयमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलामा ३ सयले बढेर प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अमेरिका र इरानको तनावले बढेको सुनको मूल्य तनाव केही कम भएसँगै घटेको थियो । तर, अहिले पुनः बढ्न लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com