न्युयोर्कमा ल्याइयो गैर नागरिकलाई मताधिकार दिने बिल, पारित गराउन नेपाली समेतको दवाव


प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार

न्युयोर्क सिटीभित्रको स्थानीय चुनावमा ग्रिनकार्ड र वर्क परमिट हुनेहरुले समेत मतदान गर्न पाउने अधिकार प्रदान गर्ने विधेयक न्युयोर्क सिटी काउन्सिलमा प्रस्ताव गरिएको छ । यदि उक्त विधेयक पारित भएमा न्युयोर्क सिटीभित्रको महानगरीय चुनावमा ग्रिनकार्ड र वर्कपरमिट हुनेहरुले समेत मतदान गर्न पाउनेछन्, अमेरिकी नागरिकताको जरुरत पर्नेछैन ।

सिटी काउन्सिलम्यान यदानिस रोड्रिगेजले स्पोन्सर गरेको उक्त विधेयक पारित भएमा झण्डै १० लाख गैर अमेरिकी नागरिकले समेत स्थानीय चुनावमा मतदान गर्न पाउनेछन् । रोड्रिगेज डोमेनिक रिपब्लिकबाट अमेरिका आएका आप्रवासी हुन् ।

रोड्रिगेज आफै सन् १९८३ मा ग्रिनकार्डसहित अमेरिका आएका थिए भने सन् २००० मा अमेरिकी नागरिकता लिएका थिए । यो बीचमा उनले डिसवासरदेखि ट्याक्सी चालकसम्मको काम गरेर सिटीलाई ट्याक्स तिरेका थिए तर चुनावी प्रकृयामा सहभागी हुन पाएका थिएनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसप्रकारको विधेयक सिटी काउन्सिलमा ल्याइएको यो नै पहिलोपटक भने होइन । सन् २००९ र सन् २०१३ मा पनि यो बिल प्रस्ताव गरिएको थियो । तर यसपटक बिलको कोस्पोन्सर गर्नेमा ३० जना रहेको र ५१ सदस्यीय काउन्सिलमा पहिले नै बहुमत पुगेकाले बिल पारित हुने सम्भावना रहेको छ ।

यदि बिल पारित भएमा र मेयर बिल डे ब्लाजिओले हस्ताक्षर गरेमा सन् २०२१ मा हुने स्थानीय निर्वाचनमा ग्रिनकार्ड वाहक र वर्क परमिट हुनेहरुले पनि मतदान गर्न पाउने अपेक्षा गरिएको छ । आगामी बर्ष न्युयोर्क सिटीमा मेयर, कम्प्ट्रोलर, पब्लिक एड्भोकेट, पाँचवटै बोरोका प्रेसिडेन्ट र काउन्सिलका ५१ मध्ये ३१ सिटका लागि चुनाव हुनेछ ।

विधयेक पारित गराउन दवाव

यसैबीच विधयेक पारित गराउन दवाव दिने उद्देश्यले न्युयोर्क सिटीमा ४५ वटा आप्रवासी अधिकारसम्बन्धि संस्थाले अभियान नै सुरुवात गरेका छन् , जसको नेतृत्व युनाइटेड नेवरहुड हाउसेजले गरेको छ ।

अमेरिकी नागरिकता नहुनेले समेत न्युयोर्क सिटीको स्थानीय चुनावमा मतदान गर्न पाउने अधिकारसहितको बिल पारित गराउन आयोजित दवावमुलक कार्यक्रममा नेपालीहरुको समेत उपस्थीति रहेको थियो ।

न्युयोर्क आप्रवासन गठबन्धनका कार्यकारी निर्देशक स्टीभ चोइले न्युयोर्कमा कानुनी हिसावले बसोबास गरिरहेका झण्डै १० लाख आप्रवासीहरु स्थानीय चुनावमा मतदानको अधिकारबाट वञ्चित भएको बताउँदै उनीहरुलाई समेत मताधिकार प्रदान गरेर न्युयोर्कमा २१ औं शताब्दीको समावेशी प्रजातान्त्रिक अभ्यास गरिनुपर्ने बताए ।

युनाइटेड नेवरहुड हाउसेजका कार्यकारी निर्देशक सुसान स्टैमलरले आप्रवासीको समावेशीता र सशक्तिकणको प्रवद्र्धनमा न्युयोर्क सिटीले मुलुककै नेतृत्व गर्ने भएपनि कैयन न्युयोर्कबासीहरुलाई आफ्नो प्रतिनिधित्व गर्ने अधिकारीहरु र परिवार तथा समुदायमा प्रभाव पार्ने नीतिमा भनाई राख्न पाउने अधिकार नभएकाले मतदानको अधिकार प्रदान गरिनुपर्ने बताए ।

त्यस्तै अधिकारकर्मी शैलेश श्रेष्ठले नेपाली भाषी समुदाय न्युयोर्कमा उदयमान अल्पसंख्यक भएको तर झण्डै ५० हजार न्युयोर्क बासी नेपालीहरुमध्ये ५ प्रतिशतमा पनि मतदानको अधिकार नरहेको बताए । यदि बिल पारित भएमा बहुसंख्यक नेपालीहरु प्रजातान्त्रिक प्रकृयामा सहभागी हुन योग्य हुने श्रेष्ठले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com