अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्चमा रिट


प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सांसद अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रक्रिया रोक्न सर्वोच्च अदालतमा रिट परेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सापकोटाविरूद्ध हत्या मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले उनलाई सभामुख बनाउन थालिएको प्रक्रिया, घटनाको अनुसन्धान गर्न र सापकोटालाई पक्राउ गर्न माग गर्दै शुक्रबार रिट हालेका हुन्।

उक्त रिटको सुनुवाइ आइतबारका लागि तोकिएको छ । प्रतिनिधिसभाको सभामुखका लागि माघ ७ गते उम्मेदवारी दर्ता थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com