मनाङे माथि म्याद थप गरेर अनुसन्धान गरिदैँ


प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार

गण्डकी प्रदेश सभाका सदस्य सांसद राजिज गुरुङ दिपक मनाङेबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको अभियोगमा सांसद गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

गुरुङलाई आज जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने जिल्ला प्रहरीका कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com