वायु प्रदूषण न्यून गर्ने उद्देश्यले भारतको पञ्जाब राज्यमा १५ वर्षभन्दा पुराना तीन पाङ्ग्रे सवारी साधन विस्थापन गरिने भएको छ । राज्य सरकारको वातावरण तथा जलवायू विभागको प्रस्तावमा नयाँ विद्युतीय वा सिएनजी सञ्चालित तीन पाङ्ग्रे सवारी साधनलाई अनुमति दिइने छ । तन्दरुस्त पञ्जाब अभियान अन्तर्गत सञ्चालित यस कार्यक्रमबाट लाखौं प्रभावित हुनेछन् ।
अभियानका निर्देशक के एस पन्नुले विद्युतीय सवारीको प्रयोगले राज्यको वायू प्रदूषण नियन्त्रणमा निकै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । पञ्जाबमा हाल लाखौंको संख्यामा पेट्रोलबाट सञ्चालन हुने तीन पाङ्ग्रे सवारी साधन गुडिरहेका छन् । रासस/एएनआई
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।