अष्ट्रेलियामा डढेलो निभाउन गएको एयर ट्याङ्कर दुर्घटना


प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार

अष्ट्रेलियामा आगो निभाउन गएको जहाज (एयर ट्याङ्कर) दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ । बिहीबार एक अग्नि नियन्त्रक जहाज दुर्घटना भएको अष्ट्रेलियाका अधिकारीहरूले बताएका छन् । दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ ।

दुर्घटनाअघि पानी बोक्ने उक्त जहाज हराएको अधिकारीले बताएका थिए । बेपत्ता जहाजको भग्नावशेष फेला परेपछि उक्त जहाज दुर्घटना भएको अधिकारीहरूले पुष्टि गरेका छन् । राजधानी क्यानबेराबाट २ घण्टाको दूरीमा रहेको हिमाली क्षेत्रमा जहाज दुर्घटनाग्रस्त भएको समाचार माध्यमले जनाएका छन् । न्यु साउथ वेल्सको ग्रामीण अग्नि नियन्त्रण सेवाले पानीको फोहोरा फ्याक्ने उक्त जहाजलाई आगो निभाउनका लागि परिचालन गरिएको बताएको छ । जहाज दुर्घटनाको कारण खुली नसकेको समाचारले जनाएका छन् । दुर्घटनाग्रस्त जहाज बोइङ ७३७ रहेको बताइएको छ ।

उक्त जहाजमा सामान्यतया २ जना चालक रहने र १५ हजार लिटरभन्दा बढी पानी बोक्न सक्ने बताइएको छ ।न्यु साउथ वेल्सकी प्रधानमन्त्री ग्लेडिस बेरेजिकलियनले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेकी छन् । ‘मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु’, बेरेजिकलियनले भनिन्, ‘यो दुर्घटनाले आगलागी अझै नियन्त्रणमा आइनसकेको प्रस्ट हुन्छ ।’-एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com