भैरहवा भन्सार कार्यालयमा लक्ष्यभन्दा कम राजस्व संकलन


प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार

नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७६ र ०७७ को पुस मसान्तसम्म लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन गर्नुको कारण चोरी तस्करी भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । चालू आवको पुस मसान्तसम्म अर्थ मन्त्रालयले भैरहवा भन्सार कार्यालयलाई ५४ अर्ब ८१ करोड सात लाख ४८ हजारको लक्ष्य दिएको थियो। सो ६ महिनाको अवधिमा भैरहवा भन्सार कार्यालयले ४५ अर्ब ४६ करोड ३२ लाख ८७ हजार मात्र राजस्व संकलन गरेको छ ।

उक्त तथ्याङ्क हेर्दा नौ अर्ब ३४ करोड ७४ लाख ६१ हजार कम राजस्व सङ्कलन भएको देखिन्छ। चोरी तस्करी अत्यधिक बढ्नु कपिलवस्तु तथा नवलपरासीमा नयाँ भन्सारको स्थापना तथा सामान आयातमा कमी लगायतका कारण राजस्व सङ्कलन लक्ष्यअनुरुप पुग्न नसकेको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए । विशेष गरी नेपालको राजस्व संकलनको मुख्य मेरुदण्डका रुपमा रहेको भैरहवा भन्सार कार्यालयमा राजस्व सोचेअनुरुप संकलन हुन नसक्नु चोरी, तस्करी मुख्य रहेको स्थानीयको समेत भनाइ छ । सो भन्सारबाट खोटो रोजिन, जडीबुटी, प्लाष्टिकको नालीपाइप, दाल, चिनी, चोकर, भुस, प्लाष्टिक बोतल, वियर पुराना कपडा तथा लुगाफाटा, प्लाष्टिक पाइप फिटिङ, चाउचाउ (नुडल्स), मसला, पिना, अदुवा, सुठो र रद्दी कागज जस्ता समान भारतलगायत तेस्रो मुलकमा निकासी हुने गरेको छ ।

आयातीत वस्तुमा एमएस ब्लेट, डिजेल, पेट्रोल जिप, कार भ्यानलगायतका सवारी साधन पेट्रोलियम पदार्थ, कोइला, पोलिथिन दाना, तेल, धुलो दूध, मार्बल, मोटर गाडीका पार्टपूर्जा, कागज, मेसिनरी पाटर्स, खाद्यान्न, माछा, विद्युतीय सामग्री रहेको भन्सार कार्यालयको सूचना शाखाले जानकारी दिएको छ । उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले लक्ष्यभन्दा कम राजस्व उठ्नुको कारण मुख्य चोरी तस्करी भएको बताउँछन्र रुपन्देहीमा रहेका सबै सीमा क्षेत्रबाट दैनिक करोडौँ मूल्यका भारतीय सामान विनाभन्सार चोरी बाटो हुँदै नेपाल आउने गरेको बताउँदै उद्योग व्यापार सङ्गठनका अध्यक्ष भण्डारीले स्थानीय प्रशासनले ध्यान दिए यसको नियन्त्रण हुने बताउँछन् ।

चोरी तस्करी नियन्त्रण समयमै सरकारले गर्न सकेन भने राजस्व संकलनमा मात्र नभएर नेपालका सबै उद्योग व्यसायीका निम्ति समस्या सिर्जना हुने अध्यक्ष भण्डारीको दाबी छ । नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रीय अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष डा शान्तकुमार शर्माले भन्सारको लक्ष्यअनुरुपको राजस्व संकलन नहुनु भन्सार नीति र भन्सार प्रमुखको ठूलो भूमिका रहने बताउँछन् । चोरी तस्करी नियन्त्रणका लागि खासै पहल नहुनु र विनाभन्सार भन्सारको दायाँबायाँबाट ठूलो परिमाणमा तस्करी भई नेपालतर्फ विभिन्न सामान ल्याउनु पनि कारण रहेको अध्यक्ष शर्माका भनाइ थियो । –रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com