बढ्यो वैदेशिक लगानीको प्रतिबद्धता


प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार

वैदेशिक लगानीसम्बन्धी कानूनी संरचनामा सुधार तथा लगानी सम्मेलनको आयोजनालगायत कारण नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा सुधार आएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महीनामै विदेशी लगानी प्रतिबद्धता रू. २७ अर्बभन्दा बढी पुगेको छ, जुन गत आवको कुल प्रतिबद्धताभन्दा झन्डै रू. २ अर्बले बढी हो ।

उद्योग विभागको तथ्यांकअनुसार यस वर्षको पहिलो ६ महीनामा  रू. २७ अर्ब २८ करोड बराबरको विदेशी लगानी भित्र्याउने प्रतिबद्धताका १५० कम्पनी उद्योग विभागमा दर्ता भएका छन् । यस वर्ष सबैभन्दा बढी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ, त्यसपछि सेवा, सूचना प्रविधि तथा ऊर्जाक्षेत्रमा धेरै लगानी देखिएको छ । नेपालले २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहँदा पर्यटन क्षेत्रमा रू. ८ अर्ब ७ करोड लगानी गर्नेगरी ६० कम्पनी दर्ता भएका छन् । अघिल्ला वर्षहरूमा झैं नेपालमा लगानी भित्र्याउनेमा चिनियाँ कम्पनीहरू अग्रपंक्तिमा छन् । यस अवधिमा चीनका ११८ कम्पनीहरूबाट रू. १६ अर्ब ६६ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ ।

ठूला लगानी कम

लगानी प्रतिबद्धता ह्वात्तै बढेको देखिए पनि अर्ब रुपैयाँमाथिका लगानी प्रतिबद्धता भने थोरै नै छन् । विभागको तथ्यांकअनुसार मात्र ३ आयोजनामा अर्ब रुपैयाँभन्दा बढी लगानीको प्रतिबद्धता देखिएको छ । रू. १० करोडदेखि रू. २० करोड बराबरको लगानी गर्ने गरी ३७ कम्पनी दर्ता भएका छन् भने रू. २५ करोडदेखि रू. ५० करोड बराबरको लगानी गर्ने गरी ३४ कम्पनी दर्ता भएका छन् ।  संख्या र कुल लगानी रकमको हिसाबले चीन अगाडि भए पनि चालू आवको यस अवधिको सबैभन्दा ठूलो एकल विदेशी लगानी प्रतिबद्धता संयुक्त राज्य अमेरिकाबाट भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस वर्ष अमेरिका र बेलायतबाट लगानी प्रतिबद्धता ह्वात्तै बढेको छ । उद्योग विभागको तथ्यांकअनुसार अमेरिकाबाट ऊर्जाक्षेत्रका लागि रू. ४ अर्ब ७ करोड लगानीको प्रतिबद्धता आएको छ । त्यस्तै, बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी) ले इन्टरनेट सेवाप्रदायक वल्र्डलिंकमा लगानी गरेका कारण सो मुलुकबाट यस अवधिमा झन्डै रू. २ अर्बको लगानी प्रतिबद्धता आएको छ ।-आर्थिक अभियान

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com