‘सिनेटले ट्रम्पलाई नहटाए नोभेम्बरमा हामी हटाउँछौं’ – ब्लुमबर्ग


प्रकाशित मिति : माघ ८, २०७६ बुधबार

अमेरिकाको राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक प्राइमरी उम्मेदवारी माइकल ब्लुमबर्गले सिनेटले ट्रम्पलाई महाअभियोगमार्फत नहटाए नोभेम्बरमा चुनावमार्फत हटाइने बताएका छन् । चुनावी प्रचारवाजी तीब्र पारिरहेका ब्लुमबर्गले भनेका छन् – ‘यो समय सिनेटले ट्रम्पलाई अफिसबाट हटाउने कामकारवाही गर्ने समय हो । यदि उनीहरुले नहटाए तपाई र हामीमिलेर नोभेम्बरमा हटाइनेछ ।’

७७ बर्षीय ब्लुमबर्ग अमेरिकाका नवौं तथा विश्वका चौधौं धनाढ्य हुन् । न्युयोर्क सिटीका पूर्व मेयर ब्लुमबर्गले उम्मेदवारी घोषणासँगै प्रचारप्रसार पनि तीब्र पारेका छन् ।

उनले भनेका छन् – ‘मेरो उम्मेदवारी डोनाल्ड ट्रम्पलाई पराजित गर्न र अमेरिकाको पुननिर्माण गर्नका लागि हो । हामीले अझै चारबर्ष ट्रम्पको अनैतिक कामहरु सहन सक्दैनौं ।’

ट्रम्पले झण्डै ३७ मिलियन डलर खर्च गरेर टेलिभिजन विज्ञापन सुरु गरिसकेका छन् । माइकल ब्लुमबर्गले मतदाता नामावली दर्ताका लागि समेत २० मिलियन खर्च गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले ट्रम्पलाई चारवटा चुनावमा आक्रमण गर्नका लागि १ सय मिलियनको अनलाइन चुनावी अभियान संचालन समेत गरेका छन् ।

अमेरिकाका राष्ट्रपतिको चुनावका लागि अब १० महिनापनि बाँकी छैन । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प दोश्रो कार्यकालका लागि भिड्दैछन् । उनीसँग भिड्नका लागि कैयन डेमोक्रेटिक उम्मेदवारहरु पाखुरा सुर्कदैछन् तर प्राइमरी जितेर वास्तविक भिडन्तका लागि मैदानमा उत्रने एकजना हुनेछन् ।

यसरी हुन्छ अमेरिकामा राष्ट्रपति चुनाव

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ ।

५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com