अन्तर्राष्ट्रिय लगानी र ब्यापार सम्बन्धि भिसाबारे अमेरिकाको नयाँ घोषणा


प्रकाशित मिति : माघ ८, २०७६ बुधबार

अन्तर्राष्ट्रिय लगानी र ब्यापार सम्बन्धि भिसाबारे अमेरिकाले नयाँ घोषणा गरेको छ । युएससीआईएसले आज गरेको घोषणा अनुशार अब इरानी नागरिकहरु अमेरिकामा अन्तर्राष्ट्रिय लगानी र ब्यापार सम्बन्धि ई वान र ई टु भिसाका लागि अयोग्य हुने भएका छन् । जस अनुशार अमेरिकामा पहिले नै रहेका इरानीहरुले समेत यो आधारमा आफ्नो स्टाटस थप गर्न नपाउने भएका छन् ।

इरानसँगको एमीटी, आर्थिक सम्बन्ध र वाणिज्य अधिकारहरु सन्धी खारेज भएको जनाउँदै युएससीआईएसले यस्तो घोषणा गरेको हो । यो भिसा कुनै पनि देशसँगको ब्यापार सम्बन्धि सन्धी सम्झौताका आधारमा उपलब्ध गराइदै आएको छ ।

युएससीआईएसले जारी गरेको घोषणाको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोला ।

अब युएससीआईएसले सन् २०१८ को अक्टोबर ३ पछि फाइल गरिएका आवेदनका सन्दर्भमा अस्वीकार गर्ने आशयसहितको पत्र पठाउने भएको छ । पहिले नै भिसा पाइसकेकाहरु भने भिसा अवधि कायम रहुन्जेल अमेरिकामा बस्न पाउनेछन् । तर उनीहरुले भिसा थप्न भने पाउनेछैनन् ।

अमेरिका र इरानबीचको पछिल्लो तनावका कारण अमेरिकाले इरानमाथि विभिन्न खाले प्रतिबन्धहरु लगाउँदै आएको छ । इरानका सुरक्षा अधिकारीको अमेरिकाले हत्या गरेपछि र अमेरिकी निशानाहरुमा इरानले रकेट आक्रमणहरु गरेपछि दुईदेशबीचको सम्बन्ध चरमउत्कर्षमा पुगेको छ ।

युएससीआईएसको नयाँ घोषणा भोलि फेडलर रजिस्टरमा प्रकाशित हुने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com