२५ रुपैयाँमै एक छाक खाना


प्रकाशित मिति : माघ ८, २०७६ बुधबार

तपाई हामी जो कसैले होटलमा खाना खादा सामान्यतया डेढ, दुईसय हाराहारी रकम तिरेर एक छाक शाकाहारी खाना खाने गर्दछौँ । तर कपिलबस्तु, चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले भने अब हरेक हप्ताको मङ्गलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म २५ रुपैयाँमै खाना खुवाउने व्यवस्था गरेको छ ।

मङ्गलबार कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले सस्तो मूल्यमा स्वादिष्ट र स्वस्थकर खाना खुवाउने व्यवस्था निकै सराहनीय रहेको बताए। प्रदेशसभा सदस्य केसीले २५ रुपैयाँ तिरेर खाना खाँदै खाना निकै स्वादिष्ट भएको बताए । थौरै आम्दानी भएकाका लागि यो निकै राम्रो भएको उनको भनाई थियो । २५ रुपैयाँमै खाना पाउँदा पूर्वपश्चिम आवातजावत गर्ने यात्रुका लागि यो सुविधाले फाइदा पुर्‍याउने वडा नं. ५ का वडाध्यक्ष अर्जुनबहादुर पाण्डेले बताए। “खाना निकै मीठो छ, २५ रुपैयाँकै खाना पनि ठूला होटलमा पाइने खाना जस्तै स्वादिष्ट छ”, पाण्डेले भने । संस्थाका सल्लाहाकार विजय जयसवालले अहिले साप्ताहिक रुपमा खाना खुवाउने भनेर यसको थालनी गरेको बताउँदै यो सफल हुँदै गएमा दैनिक बनाउने लक्ष्य लिइएको जानकारी दिए।

अहिले संस्थामा आवद्ध स्थानीय युवाको सक्रियता र सहयोगमा साप्ताहिक रुपमा सस्तोमा खानाको व्यवस्था गरिएको र यसलाई सफल बनाउन अन्यत्रबाट सहयोग आए दैनिक बनाउने उनले बताए । प्रत्येक हप्ताको मङ्गलबार चन्द्रौटामा रहेको गङ्गा कम्प्लेक्स अगाडि बिहान १० देखि साँझ ५ बजे सम्म २५ रुपैयाँमा खाना खाने व्यवस्था हुने आयोजकले जनाएको छ । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com