नेपालमा खाना पर्यटन प्रबद्र्धन र जनकपुरको लस्सी खाँदै अमेरिकी राजदूत


प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार

सन्जोग आचार्य

न्यूयोर्क । नेपाल प्राकृतिक सुन्दरताले संसारमा कहलिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा र भगवान गौतम बुद्धको जन्मभूमि नेपाल नचिन्ने को होला ? सास्कृतिक र भाषिक विविधता भएको देश नेपालको पहिचान यतीमा मात्र सीमित छैन । प्राकृतिक सुन्दरतासंर्गै नेपालमा पाइने विभिन्न परिकारका खानाको विशेषता पनि विशेष नै छ । नेपालका धेरै स्थान खानाको लागि निकै प्रख्यात छ । नेपालमा पाइने खानाको प्रचार गरेर पनि ती स्थानको पर्यटन प्रबद्र्धन गर्नेतर्फ पनि अझ पनि सम्बन्धित निकाएको ध्यान जान भने सकेको छैन ।

प्राकृतिक रुपमा अनुपमक सुन्दरता नभएका देशले आफ्ना खानाको प्रचार गरेर विश्वमा लाखौ पर्यटक आकर्षित गरिरहेका छन् । विश्वमा अहिले घुम्नसंगै मिठो खानाको लागि भ्रमण गर्ने पर्यटकको संख्या पनि उत्तिकै बढ्दो छ । । टर्की, इजीप्ट, मलेसिया, इन्डोनेशिया, पराग्वे, इटली, थाइल्याण्ड, जापान, स्पेनलगायत देशले अहिले खाना पर्यटनमा निकै जोडि दिएका छन् । यो देशले विश्वमानै खाना पर्यटनको लागि ख्याती कमाइरहेको छ । हाम्रो देशमा पनि यस्ता थुप्रै खाना छन् जसलाई प्रबद्र्धन गरेर पर्यटक आकर्षित गर्न सकिन्छ ।,

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुस्ताङको थकाली खाना, मलेखुको माछा र पोखरामा पाइने मार्फा खादा कुन चाही पर्यटक दंग नहोला । नेपाली पाइने स्याउ, कोदो, अदुवाबाट बनेका रक्सी पेरिस र पोर्चुगलको वाइनभन्दा कम छैन । हेलम्बुको स्याउ र जिरीको  आलुको स्वादले इटलीको पिज्जाको मजा बिर्साइदिन्छ । फेरी ताप्लेजुङ तुम्बा पनि स्वाद पनि विशेष नै छ । पाल्पाको चुकौनीसँग  काठमडौंका नेवारी खाना खादा कुन चाहीँ पर्यटकको मन प्रसन्न हुदैन होला । भक्तपुरको जुजु धौसंग इटहरीको केरा र जनकपुरको चिउरा  मिसाएर पर्यटकलाई स्वागत र बिदाई गर्दा को दंग नहोला ?

नेपालका हरेक स्थानलाई खानाको नामले परिचित गराएर पर्यटनसंगै कृषि क्षेत्रमा पनि लगानी बढाउन सकिन्छ । नेपालमा बसोवास गर्ने जातजातिको आ आफ्नै किसिमका परिकार छन् । त्यसलाई पनि प्रबद्र्धन गर्न सकिन्छ ।

केही समय अघि नेपालका लागि अमेरिकी राजदूत बेरीले जनकपुर भ्रमणको क्रममा लस्सी, पास र माछाको स्वाद लिदैँ नेपालको खानाका विशेषता प्रकाश पार्नुभयो । यी बाहेक बेरीलाई मनपर्ने परिकार नेवारी खाना पनि हो । यसरी राजदूतले नेपाली खानाको प्रबद्र्धन गरेर पर्यटन बर्ष २०२० लाई टेवा पुर्याएजस्तै अब नेपाल सरकारले पनि खाना पर्यटन प्रबद्र्धनमा ध्यान दिने की !

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com