प्लास्टिकको चामल हल्लामात्रै, चामलमै हुन्छ बाउन्स हुने तत्व


प्रकाशित मिति : माघ ६, २०७६ सोमबार

सामाजिक सञ्जालमा बल जस्तै डल्लो पर्ने र बाउन्स हुने चामलको बारेमा बेलाबेलामा हल्ला फैलिने गरेको छ । भारतहुँदै यो नेपालमा पुगेको यो हल्लाका कारण पटकपटक कैयन व्यक्ति पक्राउ समेत परेका छन् । तर अहिलेसम्म प्लास्टिकको चामल भएको पुष्टी भएको छैन ।

चेन्नईमा यसरी डल्लो पारेर बलजस्तै फ्याकिएका चामलका दर्जन बढी नमुनाहरु परिक्षण गर्दा तीसबै वास्तविक चामल नै भएको पुष्टी भएको थियो । दुईबर्ष अगाडि काठमाडौंको सितापाइलाबाट समेत एकजनालाई प्लास्टिकको चामल बेचेको अभियोगमा पक्राउ गरिएको थियो तर पछि चामल बास्तविक नै रहेको पुष्टी भएको थियो ।

चामलमा स्टार्चको मात्र ८० प्रतिशतसम्म अर्थात् उच्च प्रतिशत हुने भएकाले चामलमा चप्किने गुण हुने र कैयन प्रकारका चामलहरु त्यही गुणका कारण डल्लो पर्ने विशेषज्ञहरु बताउँछन् । साथै चप्किने गुणका कारण भात डल्लोजस्तो बन्ने र उफार्दा उफ्रिने खालको समेत हुनेगर्छ । यही गुणका कारण भात वा भातको माड किताबहरु च्याचिदा र वा कागजहरु चप्काउनुपरेमा गमका रुपमा समेत प्रयोग गरिदै आएको छ ।

न्युयोर्क टाइम्सको तथ्य जाँच गर्ने कम्पनी स्कुपले पनि प्लास्टिकका चामलका बारेमा चलेका हल्लाहरु गलत भएको जनाएको छ । यस्ता हल्लाका पछि लागेर आफ्नो खाद्यपदार्थ नोक्सान नगर्न समेत सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बीबीसीले प्रकाशित गरेको एउटा रिपोर्टमा पनि प्लास्टिक चामलको हल्ला गलत भएको जनाइएको छ । सन् २०१० देखि यो हल्ला फैलिन सुरु गरेको तथा सामानको सिपिङ बक्समा राख्ने चिप्स उत्पादन गरेको भिडियोहरु देखाएर चामल भन्दै हल्ला फिजाइएको बीबीसीको रिपोर्टमा उल्लेख छ । सिपिङ बक्समा राख्ने चिप्स उत्पादन चामल उत्पादको तुलनामा धेरै महँगो हुने समेत जनाइएको छ ।

गत जुन महिनामा फोब्र्सले पनि प्लास्टिकको चामलको हल्लाबारेमा रिपोर्ट प्रकाशित गरेको थियो । कैयन तथ्यजाँच गर्ने वेवसाइटहरुले पनि यो हल्लालाई खारेज गरिदिएका छन् । पछिल्लोपटक नेपालको पर्वतमा प्लास्टिकको चामल भेटिएको भन्दै समाचार आइरहँदा यो केवल पुरानै हल्लाकै निरन्तरता भएको आंशका गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com