राणाकालीन दरबार नभत्काइने


प्रकाशित मिति : चैत्र ६, २०७३ आईतबार

ललितपुर- राणाकालीन कला, कौशल, वास्तुकला बोकेका दरबार नभत्काइने भएको छ। ती दरबार नेपालमै पहिलोपटक वास्तुकला र युरोपियन शैलीमा बनेका कारण सबलीकरण (रेट्रोफिटिङ) द्वारा संरक्षण गर्न लागिएको हो। ‘राणाकालीन दरबारले युरोपियन शैली र तत्कालीन नेपालको मौलिकता बोलेका छन्’, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘यी दरबारले भावी पुस्तालाई नेपालको इतिहासबारे जानकारी दिन्छन्।’ उनका अनुसार यी दरबारले नेपालको एक कालखण्डको मौलिकता र वास्तुकला झल्काएका छन्।

मौलिकता र राणाकालीन इतिहास बोकेकै भन्दै त्यसलाई जोगाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातŒवविद्, संरक्षणविद् र वास्तुविद्सँगको बैठकमा प्राधिकरणले राणाकालीन भवन तथा सम्पदा जोगाउने निर्णय गरेको छ।

राणाकालीन भवनको अध्ययन लागि पुरातŒवविद्, संरक्षणविद् र वास्तुविद्लगायतको टोली खटाइने भएको छ। ‘भत्काएपछि राणाकालीन दरबारको मौलिकतता आउँदैन,’ प्राधिकरणका कार्यकारी अधिकृत गोविन्द पोख्रेलले भने, ‘भूकम्पले दरबार तथा भवनलाई जस्तो अवस्थामा पुर्‍याएको छ त्यहींबाट निर्माणकार्य थाल्छौं।’

उनका अनुसार सिंहदरबारभित्रका कुनै पनि भवन भत्काइने छैन। पुरानैलाई रेट्रोफिटिङ गरी संरक्षण गरिनेछ। ‘राणाकालीन समयमा बनेका सबै दरबार तथा भवन नभत्काई संरक्षण गर्न पुरातŒव विभागअन्तर्गतका सबै निकायलाई आग्रह गरेका छौं’, अधिकृत पोख्रेलले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसो त पहिले नै पुरातŒव विभागले रााणकालीन भवन भत्काउन अनुमति दिइसकेको थियो। तर पुरातŒवविद्, संरक्षणविद्, वास्तुविद्लगायतले राणाकालीन दरबार तत्काल नभत्काउन आग्रह गर्दै आएका थिए।

थापाथलीस्थित नेपाल राष्ट्रबैंक, संसद् भवनभित्रको ग्यालरी भवन, पुल्चोकस्थित श्रीमहल, रानीपोखरीस्थित केन्›ीय कानुन पुस्तकालय, वसन्तपुरस्थित जुद्ध वारुणयन्त्र  लगायत भवन भत्काउन पाइने छैन। ‘हावापानी र प्राकृतिक प्रभावबाट बचाएर कसरी राख्न सकिन्छ भन्नेबारे टुंगो लाउन सहरी विकास मन्त्रालय र पुरातŒव विभागलाई जिम्मा दिएका छौं’, अधिकृत पोखरेलले नागरिकसँग भने, ‘मौलिकता र इतिहास जोगाएर सम्पदा पुनर्निर्माण अघि बढाउन यस्तो निर्णय गरेका हौं।’

उनले पुराना सम्पदाको अध्ययन गरेरमात्रै मर्मतसम्भार गरिने जानकारी दिए। त्यसको जिम्मा केन्›ीय आयोजना कार्यान्वयन एकाइ र सहरी विकास मन्त्रालयलाई दिइएको प्राधिकरणले जनाएको छ। पुरातŒव विभागका महानिर्देशक दाहालले पुराना सम्पदा जोगाउनैपर्ने विषयलाई विभागले जोड दिएको बताए। ‘प्राधिकरण, संस्कृतिविद्, संरक्षणविद्लगायतसँग समन्वय गरी राणाकालीन सम्पदाको संरक्षण गर्छौं’, उनले भने, ‘राणाकालीन दरबारले नेपालको एउटा विकासको चरणलाई बोकेका छन्।’ उनका अनुसार २०३० सालमा सिंहदरबारको पश्चिमी भागमा आगो लागेपछि त्यहाँ रेट्रोफिटिङ गरिएको थियो।

‘अहिले सम्पदा निर्माणमा ढिलाइ भयो भनेर आलोचना गर्ने धेरै छन्, तर पुराताŒिवक सम्पदा संरक्षणमा आत्तिँदा मौलिकता गुम्ने देखिन्छ’, पोखरेलले भने, ‘भत्काउनैपर्ने भए पनि सम्बद्ध विज्ञसँग अन्तिम छलफल गरी काम थाल्छौं।’

यसअघि भूकम्पले धरापमा परेका सिंहदरबारभित्रको मुख्य भवनसहित उपत्यकाका एक दर्जनभन्दा बढी राणाकालीन दरबार भत्काउन सहरी विकास मन्त्रालयले सुझाव प्रतिवेदन पनि तयार पारिसकेको थियो। तर, उक्त प्रतिवेदनप्रति विज्ञको चर्को आलोचना र सुझाव आएपछि त्यसलाई रोकी अहिले अध्ययन थालिएको प्राधिकरणले जनाएको छ।

सिंहदरबारभित्रका भवन नभत्काई संरक्षण गर्न एक महिनाअघि सिंहदरबार पुनर्निर्माण कार्यान्वयन समिति गठन गरिएको थियो। तर,  समितिले हालसम्म राणाकालीन भवनको कुनै भागमा कति क्षति पुगेको छ भनेर तथ्यांक संकलन गर्न सकेको छैन। राणाकालीन दरबारमा आकर्षक झ्याल र सेतो चुनाको प्रयोग गरिएको छ। पुरातŒवविद् कोषराज आचार्यले राणाकालीन सम्पदा जोगाउनुपर्ने बताए। ‘यस्ता दरबार नेपालमा अब बन्नै सक्दैनन्,’ उनले भने, ‘पुराना दरबारलाई सकेसम्म जोगाइराखौं।’ नागरिक दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com