अन्नपूर्ण आधार शिविरमा ११ अझै बेपत्ता


प्रकाशित मिति : माघ ४, २०७६ शनिबार

अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली र हिमालयन लगातका विभिन्न स्थानबाट अलपत्र परेका एक सयभन्दा बढी पर्यटकलाई उद्धार गर्नेक्रम जारी रहेको जानकारी दिनुभयो ।

प्रभु, सिम्रिक र डाइनाष्टिक कम्पनीका तीन वटा हेलिकप्टर मार्फत् अलपत्र परेका स्वदेशी तथा विदेशी पर्यटकलाई उद्धार गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएका मध्ये ३० जनालाई पोखरा, छुमरुङ ल्याइएको जनाइएको छ । स्थलगत रुपमा प्रहरी, स्थानीय जनता र टानको टोली उद्धारमा जारी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो क्षेत्रमा पाँचदेखि सात फिटसम्म हिउँ परेको कारण कतिपय पर्यटक अलपत्र परेको हुन सक्ने टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो । अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भएको छ । त्यसैगरी अन्नपूर्ण पदयात्रामा गएका चार जना चिनियाँ पर्यटक सम्पर्क विहीन भएका छन् ।

मनाङको निस्याङ गाउँपालिका–९ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेकपोस्टमा गत पुस २७ गते थ्रोङ्ला पासका लागि अनुमति लिएका पर्यटकहरुले आजसम्म थोरङ्ला पार नगरेको तथा सम्पर्कमा नआएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो ।

हराएका पर्यटकमा दुई महिला र दुई पुरुष छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com