अमेरिकामा अस्थायी कामदारका लागि योग्य देश ८४, सुचीमा नभएपनि नेपालीले आवेदन दिनसक्ने


प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार

अमेरिकी सरकारले कृषि क्षेत्र र गैरकृषि क्षेत्रका लागि अस्थायी कामदारहरु ल्याउन पाइने योग्य देशहरुको नयाँ सुची प्रकाशित गरेको छ । यही जनवरी १९ देखि लागु हुनेगरी अमेरिकामा अस्थायी कामदारका रुपमा आउन पाउने देशका नागरिकको नयाँ सुची प्रकाशित गरिएको हो ।

अमेरिकी कामदारहरु उपलब्ध नभएको कमसिपयुक्त, अस्थायी र सिजनल कृषि कामका लागि एच टु ए भिसामा योग्य देशहरु ८४ वटा परेका छन् । जसमा नेपाल भने योग्य भएको छैन ।

सम्पूर्ण देशको सुची र अमेरिकी सरकारले प्रकाशित गरेको सुचना यहाँ हेर्नुहोला ।

त्यस्तै कृषिबाहेकका अन्य अस्थायी कामका लागि अस्थायी कामदार भित्राउन पाइने एच टु बी भिसाका लागि ८१ देशहरु योग्य भएका छन् । यी देशको सुचीमा पनि नेपाललाई भने समावेश गरिएको छैन ।

अमेरिकी सरकारले अमेरिकामा अस्थायी कामदारका लागि योग्य हुने देशको सुची बेलाबेला अद्यावधिक गर्दै आएको छ । जसमा कुन देशलाई हटाउने र कुन देशलाई थप्ने भन्ने अधिकार अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी समक्ष रहन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्यतया अमेरिकी सरकारले यो भिसाका लागि सुचीमा रहेका देशका नागरिककोमात्र भिसा आवेदन स्वीकृत गर्छ । तर हरेक आवेदनको छुट्टा छुट्टै मूल्यांकन गरेर युएससीआईएसले सुचीमा नभएका देशका नागरिकका लागि समेत यी भिसाका आवेदनहरुलाई स्वीकृत गर्नसक्ने जनाएको छ ।

यसबारेको युएससीआईएसको सुचना यहाँ हेर्नुहोला ।

यो आधारमा हेर्दा नेपालीहरुले समेत यो भिसाका लागि आवेदन दिन पाउने देखिएको छ । तर नेपालीहरु स्वत योग्य हुने नभई आवेदन अनुशार युएससीआईएसले निर्णय दिनेछ ।

आर्थिक वर्ष २०१८ मा अमेरिकामा ५७४ जना नेपालीहरुले कामदार भिसा एच प्राप्त गरेका थिए । एच भिसा अन्तरगत ८ वटा क्याटेगारी रहेको छ । जसमा एचवान ए, एचवान बी, एचवान सी, एचवान बी वान, एच टु ए, एच टु बी, एच थ्री र एच फोर भिसा रहेका छन् ।

सन् २०२० को जनवरी १९ पछि पाराग्वे, डोमेनिकन रिपब्लिक र मोल्दोभाका नागरिकहरु अस्थायी कृषि कामदारका लागि योग्य हुनेछन् तर उनीहरु कृषिबाहेकका अन्य अस्थायी कामका लागि भने योग्य हुनेछैनन् । नयाँ सुचनाले पहिले नै यी भिसामा रहेकाहरुलाई आफ्नो स्टाटस थप गर्नका लागि कुनै बाधा नपुग्ने युएससीआईएसले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com