समोआमा दादुराको माहामारी बढ्यो


प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार

दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित एक सानो देश समोआमा दादुराको प्रकोप कम नभएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । करिब दुई लाखमात्र जनसङ्ख्या रहेको यो सानो मुलुकमा केही दिनअघि देखि दादुराको प्रकोप बढेको र यसबाट ठूलो संख्याका नागरिक प्रभावित भएको बताइएको थियो ।

यस देशमा अहिलेसम्म कम्तीमा पनि पाँच हजार ८०० दादुराका बिरामीले विभिन्न अस्पतालमा उपचार गराएका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका प्राप्त पछिल्लो समाचारमा जनाइएको हो । यस सानो मुलुकमा दादुराको प्रकोप बढ्दै जाँदा यसबाट मृत्यु हुने नागरिकको सङ्ख्या ८२ पुगेको समोआली सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका समाचारमा जनाइएको छ । समोआली स्वास्थ्य मन्त्रालयका एकजना अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार यस प्रकोपबाट अहिलेसम्म ८२ जनाको ज्यान गएको र अझै एक हजार भन्दा बढी उपचारार्थ रहेका छन् । दादुराको प्रकोपका कारण मृत्यु भएकाको संख्या अझै बढ्नसक्ने अधिकारीहरुको भनाई छ । सयौँ विरामी निकै गम्भीर अवस्थामा उपचार गराइरहेका बताइएको छ ।

दादुरा नियन्त्रणका लागि सरकारले यहाँका ९० प्रतिशत नागरिकलाई दादुराविरूद्धको खोप लगाइरहेका छन् । पछिल्ला केही दिनयता दादुराका कारण मृत्यु हुनेको संख्या बढ्दो रहेको समाचारहरु आएका ती अधिकरीको भनाई छ । समोआली सरकारले गत अक्टोबर १६ मा दादुराको प्रकोप देखिएको सार्वजनिक जानकारी गराउदै नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको थियो । दादुरा हवाका माध्यमबाट सजिलै सर्ने एक प्रकारको सरूवा रोग हो । यसको प्रकोपलाई खतरापूर्ण रुपमा लिइन्छ । -रासस/सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com