अमेरिकी अध्यागमनमा तपाईले आवेदन दिएको धेरै भयो ? यसरी सार्नुहोस् अगाडि


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

हालै मायामीको अध्यागमन कानुनी कार्यालयमा एकजना महिला आफ्नो समस्या लिएर पुगिन् । उनले अमेरिकी नागरिकताका लागि आवेदन दिएको बर्षौ भएको रहेछ तर उनले आफ्नो आवेदनमा अहिलेसम्म निर्णण प्राप्त गर्न नसकेकी रहिछन् ।

उनले अमेरिकी नागरिकताका लागि अन्तरवार्ता पनि दिइसकेकी रहिछन् । तर युएससीआईएसले उनलाई त्यसपछि कुनै पनि जानकारी पठाएको रहेनछ । आप्रवासीका लागि काम गर्ने एउटा गैरनाफामुलक संस्थाले त्यहाँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदलाई सम्पर्क गरिदियो ।

सांसदको कार्यालयबाट युएससीआईएसमा सम्पर्क गरियो । त्यसको केही दिनमा नै युएससीआईएसले नागरिकताको सपथका लागि पत्र पठाएको जानकारी दियो । वर्षौदेखि अड्केको आवेदन अन्तत अगाडि बढ्यो, र ती महिलाले अमेरिकी नागरिकता प्राप्त गरिन् ।

युएससीआईएसमा आफ्नो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदका तर्फबाट सोधखोज गर्न लगाएको खण्डमा विनाकारण ढिला भएका आवेदनहरु अगाडि बढ्नसक्ने सम्भावना रहन्छ । तर सधै सांसदका कार्यालयबाट सोधखोज गर्दैमा छिटो हुन्छ भन्ने ग्यारेन्टी भने हुँदैन । यदि तपाईको आवेदन अनावश्यक रुपमा ढिलो भएको छ भने यो तरिका फाइदाजनक हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सांसदको कार्यालयबाट सोधखोज गर्दा तपाईको आवेदनमा नकारात्मक असर पर्ला कि भनेर डराउनु नपर्ने कानुनविदहरुको सुझाव छ । त्यसैले तपाईले सांसदमार्फत सोधपुछ गराउन हिच्किचाउनु पर्दैन ।

तपाईले आफ्नो केस नम्बर, एलियन नम्बर, पूरा नाम, जन्ममिति, ठेगाना, आवेदनको प्रकार, आवेदन दिएको मिति र परेको समस्या लगायतका विवरणसहित सांसदको कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ । त्यसपछि सांसदको कार्यालयका कर्मचारीले आन्तरिक रुपमा युएससीआईएसमा सम्पर्क गरेर तपाईको आवेदनबारे बुझ्न सक्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com