बिर्सने बानी छ ? यसो गर्नुस्


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

कहिलेकाहीँ हामी बिर्सेकोमा गुनासो गर्छौं । कुनै सामान किन्न बजार जान्छौं तर गएपछि के किन्ने भनेर बिर्सन्छौं । मेहनेतका साथ पढेर जाँच दिन जान्छौं तर लेख्ने बेलामा आधा बिर्सन्छौं ।  कोही साथी धेरै दिनपछि भेट भयो भने उसको नाम नै बिर्सन्छौं । एउटा कोठाबाट उठेर अर्को कोठामा जान्छौंं तर के लिन गएको हो भन्ने बारेमा बिर्सन्छौं ।

बैज्ञानिकहरुले आफ्नो स्मरणशक्तिलाई राम्रो बनाउनका लागि वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । अनुसन्धानका केही कुराहरु सार्वजनिक गरिएका छन् । यी केही तरिकाले आफ्नो स्मरण शक्ति बढाउन सकिने उनीहरुले जनाएका छन् :

पछाडि फर्केर हेर्नुस्
पुराना कुरा बिर्सेर अघि बढ्नु राम्रो भन्ने गरिए पनि बैज्ञानिकहरुले  पुराना कुरा संझिएमा हाम्रो स्मरण शक्ति राम्रो हुने बताएका छन् । हालै भएको एक अनुसन्धानले देखाए अनुसार जब हामीले पुराना कुरा संझिन्छौं त्यसपछि नै हाम्रो स्मरण ताजा भएर जान्छ । त्यसैले पुराना कुरा संझने प्रयास गरौं ।

तस्बिर बनाउनुस्
सामान किन्न जाँदा हामी अक्सर सामानको सूची बनाउने गर्छौ । तर, आफ्नो यादलाई राम्रो गर्ने हो भने सामानको सूची होइन त्यसको तस्बिर बनाउनु राम्रो हो ।

जसले यस्तो गर्छन् उनीहरुको स्मरण शक्ति राम्रो हुने बताइएको छ । यसो गर्दा डिमेशिया जस्तो रोगका बिरामीलाई पनि फाइदा गर्छ । उनीहरुको स्मरण शक्ति निकै राम्रो हुन्छ । वैज्ञानिकहरुका अनुसार कुनै तस्बिर बनाएको बेलामा सो वस्तुको आकार प्रकारबारेमा गहिराइमा सोचिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपयुक्त समयमा कसरत गर्नुस्
यो कुरा साबित भइसकेको छ कि नियमित रुपमा कसरत गरेमा स्मरण शक्ति बढ्छ । मसललाई नियमित रुपमा चलाएमा स्मरण शक्ति बढेको पाइएको छ । यद्यपि अनुसन्धानले यसका लागि समय भने सही हुनु जरुरी रहेको जनाएको छ । यसले आफ्नो स्मरणलाई राम्रो गर्न मद्यत गर्नेछ । यद्यपि त्यो समय कुन हुनु राम्रो हो भन्ने बारेमा वैज्ञानिकहरुले अझैपनि अनुसन्धान गरिरहेका छन् ।

ब्रेक लिनुस्
हेरियट वाट युनिभर्सिटीका माइकेला डेवरले यसबारेमा गरेको अनुसन्धानमा कुनै मानिसले स्मरण गर्नासाथै तुरुन्तै ब्रेक लिएमा उसलाई सबै कुरा याद हुन्छ । त्यसैले तपाई पनि कुनै लेखपढपछि केही बेर शान्त भएर बस्नुस् । केही पनि नगर्नुस् । बसिरहनुस् वा ढल्किनुस् । यसले तपाईंको स्मरण शक्ति बढाउने मद्यत गर्नेछ ।

एक निन्द्रा सुत्नुस्
यदि तपाईंलाई माथि उल्लेख गरिएका स्मरण बढाउने तरिका अप्ठेरा लाग्छन् भने केही बेर सुत्नुस् । थुप्रै अनुसन्धानहरुले सुत्दा हाम्रो स्मरण शक्ति बढ्ने देखाएका छन् । जो मानिस नियमित रुपले यसो गर्छन् उसले त्यसको फाइदा लिन सक्छन् । –(बीबीसी) 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com