कन्हैया कुमारको लोकप्रियताबाट मोदी चिन्तित


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

जवाहर लाल नेहरू विश्वविद्यालयका छात्र संघका पूर्वअध्यक्ष युवा नेता कन्हैया कुमारको लोकप्रियताबाट प्रधानमन्त्री नरेन्द्र मोदी चिन्तित देखिएका छन् । यो दाबी अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सको एक समाचारमा गरिएको छ ।

रोयटर्सले प्रधानमन्त्री मोदी निकट स्रोतलाई उद्धृत गर्दै युवा र पहिलो पटक मतदानमा सहभागीहरूका बीच कन्हैया कुमार लोकप्रिय देखिएबाट मोदी सरकार चिन्तित देखिएको दाबी गरेको छ ।

समाचारमा जानकारी दिने स्रोतको नाम खुलाइएको छैन । रोयटर्सका अनुसार केन्द्र सरकार कन्हैया कुमारको व्यक्तिगत जीवन र उनलाई प्राप्त हुने फन्डिङलाई पनि नजिकबाट नियाली रहेको छ । बीबीसी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com