न्युयोर्क सिटीको अध्यागमन अदालतबाट ७४ प्रतिशत एसाइलमका आवेदनहरु स्वीकृत

न्युयोर्क सिटीको अध्यागमन अदालतबाट ७४ प्रतिशत एसाइलमका आवेदनहरु स्वीकृत गरिएको छ । ६ बर्षको अवधिको विश्लेषण गर्दा सन् २०१४ देखि २०१९ सम्म न्युयोर्क सिटीको अध्यागमन अदालतबाट ७४ प्रतिशत एसाइलम आवेदन स्वीकृत गरिएको हो ।

त्यस्तै बोस्टनमा रहेको अध्यागमन अदालतबाट ५८ प्रतिशत एसाइलम आवेदन स्वीकृत गरिएको छ । ५० प्रतिशतभन्दा धेरै एसाइलम आवेदन स्वीकृत गर्ने अमेरिकामा रहेका ७ अध्यागमन अदालतभित्र बोस्टन पनि परेको छ । उच्च सातमा पर्नेमा न्युयोर्क सिटी, नेवार्क, फिनिक्स, शिकागो, होनोलुलु र सान फ्रान्सिस्कोका अध्यागमन अदालतहरु रहेका छन् ।

अमेरिकाका विभिन्न १२ अध्यागमन अदालतमा भने ९० प्रतिशत भन्दा धेरै एसाइलमका आवेदनहरु अस्वीकृत गरिएको छ । एटलान्टाको अदालतले ९७ प्रतिशत एसाइलम आवेदन अस्वीकृत गरेको छ भने लास भेगासको अध्यागमन अदालतले ९३ प्रतिशत एसाइलम आवेदनहरु अस्वीकृत गरेको छ ।

लुजियानामा रहेको सानो अध्यागमन अदालतबाट ९९ प्रतिशत एसाइलमका आवेदनहरु अस्वीकृत गरिएको छ । सन् २०१४ देखि सन् २०१९ सम्म अमेरिकी अध्यागमन अदालतबाट १ लाख ७८ हजार ८ सय ५८ आवेदनमा फैसला भएको छ ।

Loading...

सन् २०१९ मामात्र ६७ हजार भन्दा धेरै एसाइलमका आवेदनमा फैसला भएको छ । युएससीआईएसले निर्णय दिन नसकेका एसाइलमका मुद्दाहरु र सिमाक्षेत्रबाट विना भिसा प्रवेश गर्नेहरुका एसाइलमका मुद्दाहरु अदालतले फैसला गर्दै आएको छ ।

अमेरिकी अदालतबाट २०१९ मा ६२५ नेपालीलाई एसाइलम, २४५ को अस्वीकार

Loading...

अमेरिकी अध्यागमन अदालतबाट आर्थिक वर्ष सन् २०१९ मा ६२५ जना नेपालीहरुलाई एसाइलम स्वीकृत गरिएको छ । गत बर्ष अध्यागमन न्यायाधिसहरुले कुल ६७ हजार ४०६ एसाइलमका मुद्दाहरु फैसला गरेकोमा ६२५ नेपालीहरुले एसाइलम पाएका हुन् ।

Loading...

एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार आर्थिक बर्ष २०१९ मा अमेरिकी अध्यागमन अदालतबाट २४५ जना नेपालीहरुको एसाइलम भने अस्वीकार गरिएको छ । त्यस्तै ५ जनालाई भने अन्य प्रकारको सुविधा स्वीकार गरिएको छ ।

एसाइलम अस्वीकृत गरिएका २४५ जना नेपालीहरुलाई देशनिकालाको आदेश दिइएको छ । उनीहरुमध्ये केहीले अध्यागमन अदालतको फैसलाबारे अपिल गरेका छन् ।

आर्थिक बर्ष २०१९ मा एसाइलम पाउनेमा सबैभन्दा धेरै चिनियाहरु ३६२३ जना रहेका छन् । दोश्रोमा एल साल्भाडोरका २४१९ र इन्डियाका २००६ रहेका छन् । ग्वाटेमालाका चौथो र होण्डुरसका पाँचौं स्थानमा छन् । मेक्सिकोका छैठौं, क्युबाका सातौं र क्यामरुनका आठौं स्थानमा छन् ।

Loading...

२०१९ मा अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुनेमा नेपालीहरु विश्वमा नै नवौं स्थानमा रहेका छन् । नेपालीहरुपछि दशौं स्थानमा भेनेजुएलाका नागरिक छन् ।

Loading...

२०१९ मा अदालतबाट एसाइलम पाउने नेपालीहरुमा २३६ जना विभिन्न भिसामा अमेरिकामा आएर एसाइलम गरी युएससीआईएसबाट अस्वीकृत हुनेहरु रहेका छन् भने ३८९ जना भने मेक्सिकोको सिमाक्षेत्रमा गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर एसाइलम दावी गर्नेहरु छन् ।

अदालतबाट २०१९ मा एसाइलम अस्वीकृत हुने नेपालीहरुमा ५४ जना विभिन्न भिसामा अमेरिकामा आएर एसाइलम गरी युएससीआईएसबाट अस्वीकृत भइसकेकाहरु हुन् । त्यस्तै १९१ जना नेपाली भने मेक्सिकोको सिमाक्षेत्रमा गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर एसाइलम दावी गर्नेहरु हुन् ।

Loading...

२०१९ मा अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुमा न्युयोर्कबाट ३७४ जना, क्यालिफोर्नियाबाट १५७ जना, टेक्सासबाट ५२ जना, मासाचुसेट्सबाट १० जना, कोलोराडोबाट २ जना, मेरिल्याण्डबाट ६ जना रहेका छन् । त्यस्तै २०१९ मा अमेरिकी अदालतबाट एसाइलम अस्वीकृत हुने नेपालीहरुमा न्युयोर्कबाट ९३ जना, क्यालिफोर्नियाबाट २३ जना, टेक्सासबाट १४ जना र मेरिल्याण्डबाट ५ जना रहेका छन् ।

Loading...

सन् २००१ देखि अहिलेसम्म अमेरिकी अदालतबाट ४७३८ जना नेपालीहरुको एसाइलम स्वीकृत भइसकेको छ भने १८४० जना नेपालीहरुको एसाइलम अस्वीकृत भएको छ । अन्य प्रकारको सुविधा पाउनेहरुमा ७१ जना रहेका छन् ।

यसमा अमेरिकामा विभिन्न भिसामा आएर युएससीआईएसबाट एसाइलम दावी गरेर स्वीकृत हुनेहरुको संख्या समावेश छैन । यसरी एसाइलम पाउनेमा अधिकांश आफूलाई माओवादी पीडित बताउनेहरु छन् ।

Loading...

सन् २००१ देखि अहिलेसम्म अमेरिकी अदालतबाट एसाइलम पाउनेमा मेक्सिकोको सिमाक्षेत्रमा गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर एसाइलम दावी गर्नेहरु १५१२ जना रहेका छन् । उनीहरुमध्ये प्राय सबै दलाललाई लाखौं रुपैया बुझाएर सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्नेहरु हुन् ।

उनीहरुमध्ये अधिकांश सन् २००९ पछि अमेरिका प्रवेश गरेर एसाइलम दावी गर्नेहरु हुन् । सन् २००९ भन्दा अगाडि यो संख्या निकै न्यून रहेको थियो । सन् २००९ भन्दा अगाडि सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरेर जम्मा ६२ जना नेपालीहरुले एसाइलम पाएका थिए भने बाँकी सबै सन् २०१० र त्यसपछि अमेरिकी अदालतबाट एसाइलम पाउनेहरु हुन् ।


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com
Loading...