टेक्सासले अब नयाँ शरणार्थी नलिने, शरणार्थी नलिने घोषणा गर्नेमा टेक्सास पहिलो राज्य


प्रकाशित मिति : पुस २७, २०७६ आईतबार

टेक्सासले अब नयाँ शरणार्थी नलिने भएको छ । टेक्सासका गभर्नरले आफ्नो राज्यमा पुनर्वास हुने शरणार्थीहरु स्वीकार नगर्ने घोषणा गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश स्वीकार्दै टेक्सास शरणार्थीहरु नलिने घोषणा गर्ने पहिलो राज्य भएको छ । त्यहाँका गभर्नर ग्रेग अबोर्टले टेक्सासले पुनर्वास प्रकृयामा आफ्नो हिस्साको भन्दा धेरै शरणार्थी स्वीकार गरिसकेकाले अब शरणार्थीहरु नस्वीकार्ने बताएका हुन् ।

टेक्सासमा अझै पनि शरणार्थीहरु गएर बस्न त पाउनेछन् तर सुरुमा उनीहरु अन्य कुनै राज्यमा पुनर्वास गरिसकेको हुनुपर्नेछ । शरणार्थीहरु सिधै पुनर्वासका लागि टेक्सास जान भने पाउनेछैनन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले स्वीकार्ने शरणार्थी संख्यामा कटौती गर्दै राज्यहरुलाई शरणार्थी लिने वा नलिने कुराको अधिकार समेत प्रदान गरेका थिए । अहिलेसम्म ४२ राज्यले शरणार्थीहरु स्वीकार्न सहमति जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शरणार्थी अस्वीकार गर्ने राज्यमा टेक्सास पहिलो भएकोमा आप्रवासी अधिकारवादीहरुले त्यसको निन्दा गरेका छन् । यो बर्ष अमेरिकाभर ३३५० जना शरणार्थीहरुको पुनर्वास गरिएकोमा टेक्सासले २६० जना स्वीकार गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com