तौलिएर र जोख्नेर रुनु पर्ने देश अमेरिका ?


प्रकाशित मिति : चैत्र ५, २०७३ शनिबार

 

विजय थापा ,वाशिंगटन डिसी

जीवन कालमा मानिस धेरै पटक रुनु पर्ने बाध्यता हुन्छ l कंकला शब्द निकाली पनि रुने गर्ने गरिन्छ l डाको छोडेर रुन्छन l सबैको रुने आफ्नै शैली हुन्छ l नरुने सायद बिरलै हुन्छन l

बालक देखि बृद्ध सम्म जीवनमा धेरै पटक रुने वातावरण पनि आई लाग्दछ l मानिस सुखमा डाको छोडेर रुदैनन l खुशीले उफ्रिन्छन l दुख पाउदा मानिसले जीवन देखि दिक्दार मानी रुन्छन l आफ्ना परिवार गुमाउने र सदाको लागि छोडेर जाने हुदा मानिस भावुक भै भावनामा बगी कंकला शब्द निकाल्दछ l र ,डाको छोडी रुने गर्दछन l भनिन्छ बेला बेलामा रुनु पनि पर्छ l रुवाईको बलिन्द्र आशुको धाराले मन हलुका हुन्छ l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुखमा पनि हलुका रुने गरिन्छ l कहिले कहिँ सुखमा पनि डाको छोडेर रुदा पनि हुन् l मानिसमा रुने पनि फरक शैली हुन्छ कोहि सुक्क सुक्क ,कोहि ठुलो स्वरमा ,कोहि कराएर ,कोहि पर्खालको भित्तामा हात राखेर ,घुक्क घुक्क रुने पनि गर्छन l

अमेरिकामा मानिस सुख मात्र हैन ज्यादै दुख पाएर रुने पनि हुन्छन l कोहि घरको तिर्सनाले त कोहि हृदय दुखेर रुने पनि हुन्छन आपत बिपत पर्दा मानिस ज्यादा रुन्छन l महिला वर्गको मन कमलो हुदा पुरुषको तुलनामा महिला ज्यादा रुन्छन l डाको छोडेर महिला नै बेसी रुन्छन l तपाईहरु आस्चर्य पर्न सक्नु हुन्छ l र अमेरिका जस्तो स्वतन्त्र भएको देशमा घ्वा कि घ्वा गरेर ठुलो शोरमा पनि रुन नपाउनु भनेको अन्याय हैन त जस्तो लाग्दछ ?

अमेरिकामा किन मानिस डाको छोडेर रुन सक्दैन भने तपाइको सबै भन्दा शत्रु नै त्यो बेलामा संगै टासिएको घर भएको ,पल्लो कोठाको ,अगाडी घर हुने ,भाडामा बस्ने छिमेकि भै दिन्छ l छिरिक्क अलिक ठुलो आवाज निकाल्नु भयो भने त साबधान गराउदै घरमा धोका ढक ढकाउन आउछन l छिमेकि या भाडामा बस्नेले समेत सार्हो हास्ने र आवाज निकाल्दा चेतावनी दिन्छन l

घरेलु हिंसा त कतै भएको छैन भनि झन् डाको छोडेर रुने गरि दिदा अनेक शंका उपशंका लागि प्रहरी बोलाउने काम हुन्छ l अझ केटाकेटी घर भएको स्थानमा बढी यस्तो सिकायत छिमेकि बाट समेत आउने गर्छ l

ज्यादा टोल थर्काउने गरि हास्नु भयो या रुनु भयो भने त अस्वाभाविक मानिन्छ l छर छिमेकि र यताउता बस्ने मानिसलाई झर्को लाग्यो भने प्रहरी तु बोलाई दिन्छन l सार्बजनिक स्थानमा अझ संबेदनशिल हुन्छन l अमेरिका छिरेका नेपालीहरु ठुलो स्वरमा कुरा गर्ने बानि परेता पनि यहाँ साबधान हुन्छन l

अमेरिकामा दुख परेको बेलामा समेत कंकला शब्दले रुन पाइदैन l नेपालमा परिवारलाई केहि भएमा र दुखत घटना सुन्दा पनि दिल खोलेर अघाउन्जेल रुन मन लागे पनि अलिक मिल्दैन l यसो भन्दैमा नमिल्ने चाही हैन l तपाई घर भित्र रुनु भयो भने त्यो आवाज छिमेकिले सुन्यो भने केहि लफडा भएको होला भनि

अमेरिकाको ९ सय ११ मा प्रहरीलाई खबर गरि दिन्छन l अनि रुनु भयो त ? बिना बित्थामा प्रहरीको झन्झटमा फसिन्छ l तपाई जुन कारण बाट पनि रुनु भएको छ भने पनि केहि खतरा या केहि भएको शंकामा तपाईलाई छिमेकीले सहयोग गरि दिन्छन l झन् डाको छोडेर रुनु भयो र त्यो आवाज बाहिर पुग्यो भने बाटो हिंड्ने बटुलाले समेत प्रहरीको ९ सय ११मा खबर गरि दिन्छन l

ज्यादा खित खित हास्नु भयो भने पनि छर छिमेक या अन्यलाई मन परेन भने त्यहाँ पनि प्रहरी बोलाई दिन्छन l किनभने समुदाय शान्त वातावरण चाहन्छन l हल्ला खल्ला र ठुलो स्वर या कंकाल शब्द ले रुनु भयो भने अरुले हैन छिमेकिले पनि प्रहरी बोलाई दिन्छन l

परिवार सम्बन्धि नेपाल बाट नराम्रो खबर सुन्नु भयो भने पनि धित मर्ने गरि रुनु पर्ने अवस्था छ भने पनि नियन्त्रण गरेर रुनु पर्ने जस्तो हुन्छ l त्यस्तो विषम परिस्थितिमा पनि आफ्ना बेदना पोख्न डाको छोडेर रुनु मन लाग्दा लाग्दै रोक्नु पर्ने हुन्छ अमेरिकामा l डाको छोडेर रुने हुदा कुनै दुर्घटना या कुनै भबितब्य भएको होला भनि त्यो सहन नसकी शान्त गराउने उपाय स्वरुप प्रहरीलाई खबर गर्यो समस्याको स्थाई समाधान हुन्छ भनि त्यो काम अर्को कोठामा बस्ने छिमेकिले पनि गरि दिन्छन l

त्यसकारण अमेरिकामा दुखित हुदा र रुनै पर्ने भएता पनि त्यो समस्या आई लाग्छ भनि त्यति उच्च स्वरमा रुने गर्दैनन् l डाको छोडेर त झन् नै अप्ठ्यारो अवस्था आई लाग्ने हुन्छ l न बेसरी हास्न पाईयो न त डाको छोडेर नै अमेरिकामा पनि हास्न पाइने l

सरकारले बोल्न ,हास्न र रुन मा केहि कदम चाल्दैन l र अंकुस पनि लगाउदैन l आफुले र आफ्नो परिवार सम्म मात्र सिमित छ भने कुनै रोकतोक हुदैन l तर अरुलाई क्षति पुग्ने र शान्ति खलबलाउने प्रकारका कुनै क्रिया कलाब भए छिमेकि पनि चनाखो हुन्छन l र सबै भन्दा छिमेकिले नै तपाईलाई ध्यानाकर्षण गराई दिन्छन l

अमेरिकाको कानुन कडा भएको कारण मानिस १ कोष टाडा बस्न मन पराउछन l कुनै पनि यस्ता क्रिया कलाबमा अल्झन चाहदैनन् l अमेरिकामा कंकला शब्द निकाल्नु र डाको छोडेर रुनु अभिशाप जस्तै हुन्छ l दिउसो भन्दा राती साबधानी अपनाउनु पर्ने हुन्छ l राती झन् संबेदनशील हुन्छ l राती डाको छोडेर रुनु भयो भने खतरा या कुनै आपतकालीन घटना भएको सम्झी सबैले प्रहरी बोलाई दिन्छन l

डाको छोडेर रुन पाएको छैन टुप्लुक्क प्रहरीले ढोका फोडेर समेत आई पुग्दछन l अमेरिकामा जे जस्तो आपत ,बिपत ,दुखत आई लागे पनि डाको छोडेर रुनु कसैलाई न परोस l र यस्तो दिन कसैलाई न आओस l

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com