डिभी जस्तै भर्नसकिने अमेरिकाको कामदार भिसाबारे प्राथमिक जानकारीसहित फेडलर रजिस्टरमा सुचना


प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार

डिभी लोटरी जस्तै अनलाइनमार्फत आवेदन दर्ता गराउन सकिने अमेरिकाको कामदार भिसा एचवान बी बारे प्राथमिक जानकारी सहित अमेरिकी सरकारले आज फेडरल रजिस्टरमा सुचना प्रकाशित गरेको छ । उक्त सुचनामा कामदार भिसा एचवान बीको दर्ताको पृष्ठभूमि, दर्ता प्रणालीमा सहभागिता, दर्ताको विधि, दर्ताको अवधि र छनौट प्रकृयाबारे प्राथमिक जानकारी दिइएको छ ।

अमेरिकी सरकारले फेडरल रजिस्टरमा प्रकाशित सुचनाको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

अमेरिकाको कामदार भिसा एच वान बीका लागि आगामी मार्च १ देखि २० सम्म डिभी लोटरी जस्तै अनलाइनबाट आवेदन दर्ता गराउन सकिनेछ ।
बार्षिक ६५ हजारको कोटा रहने उक्त कामदार भिसाका लागि अबदेखि रोजगारदाताले प्रारम्भिक आवेदनको साटो १० डलर शुल्क तिरेर विद्युतीय रुपमा दर्ता गराउनुपर्नेछ ।

युएससीआईएसले दर्ता अवधि कहिलेसम्म कायम रहने भन्नेबारे अलग्गै सुचना प्रकाशित गर्ने जनाएको छ । प्राप्त आवेदन संख्याको आधारमा कहिलेसम्म दर्ता अवधि कायम रहने भन्नेबारे युएससीआइएसले निर्धारण गर्नेछ ।

रोजगारदाताले अनलाइन एकाउन्टमार्फत दर्ता गराउनुपर्ने र त्यसको प्रकृयाबारे छिट्टै घोषणा गरिने युएससीआईएसले जनाएको छ । प्राप्त आवेदनहरु लोटरी प्रणालीमा लगेर सन् २०२० को मार्च ३१ अगाडि नै छानिएका आवेदनबारे जानकारी गराउने युएससीआईएसले लक्ष्य राखेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सरकारले गतबर्षदेखि कामदारभिसा एचवानबीमा ब्यापक परिवर्तन गरेको छ । जस अनुशार अमेरिकी डिग्री होल्डरलाई अमेरिकी डिग्री होल्डरबाहेकको कोटामा पनि समावेश हुने अवशर दिइएको छ ।

पहिलेको नियम अनुशार ६५ हजार कामदारको कोटामा अमेरिकन डिग्री नभएकाहरुमात्र सहभागी हुन पाउथें । अमेरिकन डिग्री होल्डरहरु त्यसमा मिसिन पाउँदैनथे ।

तर गत बर्षदेखि त्यो कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु सहभागी हुन पाएका छन् । यसो हुँदा ६५ हजारको कोटामा पनि अमेरिकन डिग्री होल्डरहरु छानिन्छन् । त्यहाँ नछानिएका अमेरिकन डिग्री होल्डरहरुहरुले थप २० हजारको कोटामा पनि सहभागी हुन पाउछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com