नेपालको भुमी फिर्ताको माग गर्दै संयुक्त राष्ट्रसंघ अगाडि बिरोध प्रदर्शन गरिने
प्रकाशित मिति : पुस २४, २०७६ बिहीबार
नेपाल भारत सिमा विवाद बारे नेपालीहरुले संयुक्त राष्ट्रसंघको मुख्यालयमा अगाडि बिरोध प्रदर्शन गर्ने भएका छन् । आउँदो सोमबार जनवरी १३ तारिख न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालय अघि बिदेशमा रहेका नेपालीहरुले बिरोध प्रदर्शन गर्न लागेका हुन् ।
लिपुलेक, लिम्पियाधुरा, कालापानी भुमी फिर्ताको माग गर्दै बिरोध स्वरुप प्रदर्शन आयोजना गर्न लागिएको जनाइएको छ । संचारकर्मी प्रेम बानियाले भने, यो प्रवासमा रहेका नेपालीहरुको संयुक्त आवाज हो, स्वतन्त्र प्रयास हो, हामीले हाम्रो भुमी फिर्ता माग्न यो कार्यक्रमको आयोजना गर्न लागेका हौं ।
कार्यक्रममा सहभागि भएर मातृभुमीका लागि एक हुन आव्हान गरिएको छ । सोमबार १३ तारिख ११ बजे राष्ट्रसंघको मुख्यालय अघिको राल्फ पार्क तथा फष्ट एभिन्यूको ४३ स्ट्रिटमा जम्मा हुने र सोही स्थानमा ब्यानर तथा प्ले कार्ड सहित बिरोध कार्यक्रम गरिने जनाइएको छ ।
साथै संयुक्त राष्ट्रसंघका महासचिव या उच्चपदस्थ अधिकारीलाई नेपाल भारत सिमा बारेमा लेखिएको ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत तय गर्न लागिएको जनाइएको छ । साथै कवि, कलाकार, पत्रकार, समाजसेवीहरुले देशको सिमा बारेमा लेखिएको गित कविता समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।






