पश्चिम अफगानिस्तानमा ६९ तालिबानी लडाकूद्वारा आत्मसमर्पण


प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार

अफगानिस्तानको पश्चिमी प्रान्त घोरमा अफगान सैनिकसमक्ष ६९ जना तालिबानी लडाकूहरुले आत्मसमर्पण गरेका प्रान्तीय सरकारले मङ्गलबार जानकारी दिएको छ । अफगानिस्तान नेसनल आर्मी (एएनए) द्वारा गत एक हप्ताको अवधिमा तालिबानी लडाकूविरुद्ध कारबाही शुरु गरेको थियो ।

सोही कारबाहीको क्रममा यसै हप्ता करिब ३ सय तालिबानी लडाकूले आत्मसमर्पण गरिसकेका थिए । सोमबार साँझ मात्र ६९ तालिवान लडाकूले शाहरक जिल्लामा सेनामा आत्मसमर्पण गरेका गभर्नर गुलाम नासिर खाजेले सिन्हवालाई बताएका छन् ।

आत्मसमर्पण गर्ने क्रममा तालिबान लडाकू समूहले सेनासमक्ष विभिन्न हातहतियार पनि हस्तान्तरण गरेका अधिकारीहरुले जनाएका छन् ।रासस/सिन्हवा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com