कहाली लाग्दो ट्रक दुर्घटना


प्रकाशित मिति : चैत्र ४, २०७३ शुक्रबार

ट्रकको ब्रेक फेल’ भएर अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्करदिँदा थानकोटमा आज आठ घाइते भएका छन् । थानकोट—कलंकी सडकखण्डको गुर्जुधारामा दुर्घटना भएको हो ।

थानकोटस्थित दूरसञ्चारचोकमा ट्रकको ‘बे्क फेल’ भएर अनियन्त्रित भई स्कुटर, मिनीट्रक र ट्याक्सीलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिनुभयो ।

ठक्करबाट घाइते आठमध्ये मिनीट्रकका चालक, र  अवस्था  ट्याक्सी चालकको अवस्था गम्भीर रहेको जनाईएको छ । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जनाईएको हो ।

ट्रकको ब्रेक फेल भएपछि ट्रकले अरु सवारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्रकका चालक फरार रहेको र उनको खोजीकार्य थालिएको पनि प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि केहीबेर सडकसमेत अवरुद्ध बनेको थियो। अहिले अवस्था सामान्य बनेको र सडक सुचारु भएको प्रहरीले जनाएको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com